१९ मंसिर २०८२, शुक्रबार

तिहारको टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट देउखुरीमा वृद्धको मृत्यु

प्रकाशित मिति :  23 October, 2025 5:02 pm


देउखुरी । दाङमा तिहारको टीका लगाएर घर फर्किँदै गरेका एक वृद्धको बसको ठक्करबाट मृत्यु भएको छ । जिल्लाकाे राप्ती गाउँपालिका–५ सिंगैका करिब ६५ वर्षिय रामप्रसाद भट्टराईको बसले ठक्कर दिँदा मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–५ लमही बजारस्थित प्रतिष्ठा पेट्रोल पम्प नजिक पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले भट्टराईलाई ठक्कर दिएको थियो।

ठक्करपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बस र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।



प्रतिक्रिया दिनुहोस !