१९ मंसिर २०८२, शुक्रबार

क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तद्वारा लमही–भालुवाङ सडकखण्ड बन्द

प्रकाशित मिति :  24 October, 2025 6:11 pm


दाङ । क्षतिपूर्तिको माग गर्दै पीडित पक्षले पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत लमही नगरपालिका–१ नर्तीस्थित लमही–भालुवाङ सडकखण्ड शुक्रबार बिहान पूर्णरूपमा बन्द गरेका छन्।

कार्तिक ६ गते भाइटीकाको दिन दिदीको हातबाट टीका थापेर घर फर्किने क्रममा राप्ती गाउँपालिका–५ सिङ्गेखोला निवासी ६६ वर्षिय रामप्रसाद भट्टराईको लु १ ख ९८७६ नम्बरको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो।

मृतकका परिवारले घटनामा संलग्न बस चालक र सम्बन्धित पक्षविरुद्ध दशलाख रुपैयाँ क्षतिपूर्तिको माग गर्दै आएका छन् । माग पूरा नभएसम्म सडक नखोल्ने चेतावनी दिँदै उनीहरूले प्रदर्शन गरेका छन् ।

मृतक भट्टराईको शव अहिले लमही अस्पतालमा राखिएको छ भने घटनापछि स्थानीय सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !