रुकुम पश्चिमकाे बाफिकाेटमा जीप दुर्घटना हुँदा सात जनाकाे
प्रकाशित मिति : 24 October, 2025 7:49 pm
दाङ । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा सात जनाकाे मृत्यु भएकाे छ, भने दश जना घाइते भएका छन् । जिल्लाकाे मुसिकोट खलंगाबाट स्यालाखदीतर्फ जाँदै गरेको बोलेरो जीप बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटनाग्रस्त भएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएकाे छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि पुनका अनुसार रा १ ज ४२२ नम्बरको उक्त जीप सडकबाट करिब सय मिटर तल खसेको छ।
घटनास्थलबाट सात जनाको शव फेला पारेको र घाइते दस जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
मृतकको परिचय खुल्न बाँकी रहेको र यात्रुको सटीक संख्या पुष्टि हुन नसकेको उनले जानकारी दिए ।








