१९ मंसिर २०८२, शुक्रबार

क्षतिपूर्तिमा सहमति भएसँगै लमही–भालुवाङ सडक खण्ड सञ्चालनमा

प्रकाशित मिति :  24 October, 2025 8:01 pm


देउखुरी । दाङको लमही–भालुवाङ सडकखण्ड दुई दिनपछि पुनः सञ्चालनमा आएको छ । कार्तिक ८ गते शनिबार वडा प्रहरी कार्यालय लमहीमा पिडित पक्ष र बस समितिबीच भएको छलफलपछि क्षतिपूर्तिको सहमति जुटेपछि सडक खुलाइएको हो ।

कार्तिक ६ गते भाइटिकाको दिन राप्ती गाउँपालिका–५ सिङ्गेखोला निवासी ६६ वर्षिय रामप्रसाद भट्टराईलाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनापछि पीडित पक्षले दस लाख रुपैयाँ क्षतिपूर्तिको माग गर्दै लमही–भालुवाङ सडकखण्ड बन्द गरेका थिए । सहमति जुटेसँगै मृतकको शव लमही अस्पतालमै राखिएको र आवश्यक प्रक्रिया पूरा भएपछि अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !