१९ मंसिर २०८२, शुक्रबार

रुकुम पश्चिम जीप दुर्घटना : ६ जनाको परिचय खुल्याे, एक जनाको सनाखत हुन बाँकी

प्रकाशित मिति :  24 October, 2025 8:44 pm


दाङ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्ने भित्री सडकखण्डमा भएको जीप दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको परिचय सार्वजनिक भएको छ । प्रहरीका अनुसार एक जनाको अझै सनाखत हुन बाँकी छ।

मृतकमध्ये आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षिया कमला ओली, सोही नगरपालिकाका १६ वर्षिय टेकजंग बुढा, १५ वर्षिया दिलमाया बुढा, १७ वर्षिया मनिका ओली, १८ वर्षिया शर्मिला विक र २२ वर्षिया गोपाल ओली रहेका छन्।

प्रहरी निरीक्षक विष्णुप्रसाद ओलीका अनुसार दुर्घटनामा सात जनाको मृत्यु भएको हो भने घाइते १० जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको परिचय खुल्न बाँकी छ। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !