१९ मंसिर २०८२, शुक्रबार

छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९०० रूपैयाँ

प्रकाशित मिति :  26 October, 2025 11:44 am


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९०० रूपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारअघि कात्तिक ३ गते २ लाख ५३ हजार ५०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तिहारपछि कात्तिक ९ गते आइतबार तोलामा ११ हजार ६०० रूपैयाँले घटेको हो ।

चाँदीको मूल्य प्रतितोला २६५ रुपैयाँले घटेर ३ हजार १५ रूपैयाँ कायम भएको छ ।

तिहारमा सार्वजनिक विदा परेसँगै महासंघले कात्तिक ४ गतेदेखि कात्तिक ९ गतेसम्म मूल्य समायोजन गरेको थिएन ।



प्रतिक्रिया दिनुहोस !