गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : थाई एयर एसियाको उडान पुनः सुरु
आइतबार र बुधबार नियमित उडान हुने
प्रकाशित मिति : 26 October, 2025 1:49 pm
बुटवल । थाई एयर एसियाले आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु गरेको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयर एसियाले बैंकक–भैरहवा–बैंकक रुटमा सातामा दुई पटक नियमित उडान गर्ने तालिका स्वीकृत गराएको छ ।
कम्पनीले आइतबार र बुधबार नियमित उडान गर्नेछ। हाल भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने एकमात्र विमान कम्पनीको रूपमा थाई एयर एसिया रहेको छ । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले भने यहाँबाट अझै नियमित उडान गर्न सकेका छैनन् ।
थाई एयर एसियाको विमान आइतबार बिहान भैरहवामा अवतरण गर्ने क्रममा रहेको विमानस्थलले जनाएको छ। यससँगै लामो समयदेखि सुस्त रहेको गौतमबुद्ध विमानस्थलमा पुनः अन्तर्राष्ट्रिय उडानको गतिविधि सुरु भएको छ ।








