संविधान र एकताको पक्षमा एमाले अर्घाखाँचीको सद्भाव र्याली (फाेटाे फिचर)
दाङ । नेकपा (एमाले) अर्घाखाँचीले सोमबार संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि सन्धीखर्कमा भव्य सद्भाव र्याली आयोजना गरेकाे छ ।
देशमा फैलिँदै गएको अराजक प्रवृत्ति, प्रतिगामी षड्यन्त्र र अस्थिरताको प्रयासविरुद्ध एकता प्रदर्शन गर्न आयोजित र्यालीमा जिल्लाभरका एमाले नेता, जनप्रतिनिधि, कार्यकर्ता, महिला, युवा, विद्यार्थी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेकाे छ ।
र्याली सन्धीखर्क बजारका मुख्य सडक हुँदै परिक्रमा गरिएको थियो । सहभागीहरू हातमा राष्ट्रिय झण्डा र पार्टीका ब्यानर बोकेर देशभर शान्ति, स्थायित्व र संविधानको पक्षमा नाराबाजी गर्दै अगाडि बढेका थिए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले नेता चेतनारायण आचार्य, पाेलिटब्युराे सदस्य सूर्य थापा, प्रदेश सांसदहरू, जिल्ला कमिटीका पदाधिकारी तथा स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थितिले र्यालीलाई विशेष बनाएको थियो ।
एमाले अर्घाखाँचीले जारी गरेको वक्तव्यअनुसार, सद्भाव र्यालीमार्फत संविधान, राष्ट्रियता र जनअधिकारको पक्षमा दृढता र ऐक्यबद्धताको सन्देश देशभर पुर्याउने उद्देश्य राखिएको हो ।














