नेपालकाे व्यापारघाटा बढ्दै : चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३ खर्ब ४ अर्ब ४५ करोड घाटा
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) मा नेपालले भारत र चीनसँग मात्रै ३ खर्ब ४ अर्ब ४५ करोड रुपैयाँको व्यापारघाटा व्यहोर्नुपरेको छ ।
भन्सार विभागका तथ्यांकअनुसार भारतबाट आयात २ खर्ब ५८ अर्ब ८७ करोड रहेको छ भने निर्यात ५९ अर्ब १२ करोड मात्रै भएकोले भारतसँग मात्रै १ खर्ब ९९ अर्ब ७४ करोड घाटा भएको छ ।
त्यस्तै, चीनसँग १ खर्ब ४८ अर्ब ९४ करोडको आयात भएको छ, तर निर्यात १८ करोड ६४ लाख मात्र भएकोले चीनसँग १ खर्ब ४ अर्बभन्दा बढी व्यापारघाटा भएको देखिन्छ । भारतपछि सबैभन्दा बढी व्यापारघाटा चीनसँग रहेको छ ।
नेपालले अफगानिस्तान, अर्जेन्टिना, अस्ट्रेलिया, बंगलादेशदेखि अमेरिकी मुलुकहरूसँग पनि ठूलो व्यापारघाटा व्यहोरेको छ । यद्यपि, १४० देशसँग वैदेशिक व्यापार गर्दै आएकोमा साइप्रस, बहामास लगायत केही देशसँग नेपालले नाफामा व्यापार गरेको तथ्यांकले देखाएको छ ।








