१९ मंसिर २०८२, शुक्रबार

सुनको मूल्य आज पनि घट्यो

प्रकाशित मिति :  29 October, 2025 12:22 pm


काठमाडौँ । केही दिनदेखि लगातार ओरालो लागेको सुनको मूल्य बुधबार (आज) पनि घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज सुन प्रतितोला ७ सय रुपैयाँले घटेर २ लाख ३६ हजार ३ सय रुपैयाँमा झरेको छ ।

मंगलवार प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेको हो । यससँगै चाँदीको मूल्य भने उल्टो रूपमा ४५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

मंगलवार प्रतितोला २ हजार ९२० रुपैयाँमा रहेको चाँदी बुधवार बढेर २ हजार ९ सय ४५ रुपैयाँमा पुगेको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतार–चढावले नेपाली बजारमा पनि प्रत्यक्ष प्रभाव पारेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !