१९ मंसिर २०८२, शुक्रबार

मुग्लिन सडक पहिरोका कारण अवरुद्ध : सवारीसाधन बीच बाटोमै रोकिए

प्रकाशित मिति :  31 October, 2025 10:16 am


चितवन । निरन्तर वर्षाका कारण मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेपछि सडक आवागमन अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तुइन खोला नजिक शुक्रबार बिहान पहिरो खस्दा मुग्लिन सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार बिहीबारदेखि लगातार परेको वर्षाले पहाड भासिएपछि ठूलो मात्रामा ढुंगा–माटो सडकमा झरेको हो । सडक अवरुद्ध भएपछि दुवैतर्फका सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

खनालले पहिरो पन्छाएर सडक यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताए । हालसम्म कुनै मानवीय क्षतिको समाचार प्राप्त नभएको र सडक सफाइ कार्यमा प्रहरी, सडक डिभिजन र स्थानीयवासी परिचालन गरिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !