झिमरुक गाउँपालिकाकाे ढाडामा दिनदहाडै लुटपाट
प्रकाशित मिति : 2 November, 2025 1:16 pm
दाङ । प्यूठानकाे झिमरुक गाउँपालिका–५, ढाडास्थित ददेरीमा आज दिनदहाडै एक वृद्ध महिलाको घरमा लुटपाट भएको छ । स्थानीय ७५ वर्षिया बसन्ता गिरी घरमै बसिरहेको समयमा अज्ञात व्यक्तिले चक्कु प्रहार गरी गहना लुटेको प्रहरी जनाएको छ ।
घटनापछि घाइते गिरीलाई तत्काल ओखरकोट स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको पत्रकार बाशुदेव गिरीले जानकारी दिए ।
उनका अनुसार अहिले घाइते महिलाकाे स्वास्थ्य अवस्था सामान्य रहेको र प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको छ। प्रहरीले स्थानीयवासीलाई सचेत रहन र यस्ता घटनाको सूचना तुरुन्त नजिकको प्रहरी चौकीमा दिन आग्रह गरेको छ।








