घोराही उपमहानगरपालिकामा सवारी चालक बिकको निधनमा आज शोक बिदा
दाङ । घोराही उपमहानगरपालिकाले आफ्ना सवारी चालक शालबहादुर बिकको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शुक्रबार एक दिने शोक बिदा दिने निर्णय गरेको छ ।
उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार २०८२ साल कात्तिक २० गते राति बिकको निधन भएपछि आज (कात्तिक २१ गते) उपमहानगरपालिकाका सम्पूर्ण कार्यालयहरू बन्द रहने गरी शोक बिदा दिइने उल्लेख गरिएको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीद्वारा जारी सूचनामा बिकको निधनले उपमहानगरपालिकाले एक इमानदार, जिम्मेवार र दक्ष कर्मचारी गुमाएको बताउँदै उनीप्रति श्रद्धाञ्जली प्रकट गरिएको छ । साथै, शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको सूचनामा उल्लेख छ ।
उपमहानगरपालिकामा लामो समयदेखि सवारी चालकका रूपमा कार्यरत बिकको निधनले कार्यालय परिवारमा शोकको वातावरण सिर्जना भएको उपमहानगरपालिकाले जनाएको छ ।








