१९ मंसिर २०८२, शुक्रबार

संसद पुनर्स्थापना, संविधान संशोधन र अर्लि इलेक्सन एमालेको रोडम्याप हाे-उपमहासचिव ज्ञवाली

प्रकाशित मिति :  13 November, 2025 11:16 am


दाङ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद पुनर्स्थापना, संविधान संशोधन, जेन–जीसहितको सर्वदलीय सरकार र अर्लि इलेक्सन पार्टीको मुख्य राजनीतिक रोडम्याप रहेको बताएका छन् ।

प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “संसद पुनर्स्थापना, संविधान संशोधन, जेन–जीसहितको सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप हो । यथास्थितिमा चुनाव भयो भने त्यसको कुनै औचित्य रहँदैन ।”

ज्ञवालीले वर्तमान परिस्थितिमा गर्ने चुनावले शाही शासनकालको स्थानीय चुनावजस्तै निष्प्रभावी परिणाम दिने टिप्पणी गरे । उनले सरकारले चुनाव गराउने भनिए पनि विश्वासिलो वातावरण बनाउन इच्छुक देखिन नचाहेको आरोप लगाए ।

प्रधानमन्त्रीले ‘दलका नेताको अनुहार हेर्नु छैन’ भनेको अभिव्यक्तिलाई उनले चुनावप्रति अनिच्छाको संकेतका रूपमा व्याख्या गरे । उपमहासचिव ज्ञवालीले संविधान अहिले “घाइते अवस्थामा” पुगेको दाबी गर्दै भने, “लोकतन्त्र खतरामा छ । संविधानले नचिनेको सरकारले शासन गरिरहेको छ। संविधानले अस्वीकार गरेका व्यक्तिहरू मन्त्री बनेका छन् ।”



प्रतिक्रिया दिनुहोस !