१९ मंसिर २०८२, शुक्रबार

राप्ती गाउँपालिकाकाे जोरपोखरी गढी संरक्षणका लागि शिलालेख राखियाे

प्रकाशित मिति :  14 November, 2025 6:42 pm


दाङ । राप्ती गाउँपालिका–९ मा अवस्थित प्राचीनकालमा ‘काला राजाले निर्माण गरेको’ मानिने ऐतिहासिक जोरपोखरी गढी संरक्षण तथा प्रवर्द्धनको अभियान औपचारिक रूपमा नयाँ चरणमा प्रवेश गरेको छ।

राप्ती गाउँपालिकाको सक्रिय पहलमा आज आयोजित कार्यक्रममा शिलालेख अनावरण गरिँदै गढी संरक्षण कार्यलाई संस्थागत प्रगति दिलाइएको हो ।

कार्यक्रममा नेपाली सेनाको ज्वालादल गण घोराहीका गणपति कर्नेल सन्तोष थापा, मेजरसहित सम्पूर्ण नेपाली सेनाको टोलीको उपस्थिति रहेकाे थियाे ।

गढी संरक्षणका विभिन्न चरणमा सेनाको सहकार्य र सहयोग प्रभावकारी रहेको भन्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले सेनाप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

अध्यक्ष बिष्टले जोरपोखरी गढीलाई ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको स्थलका रूपमा विकास गर्ने प्रतिवद्धता जनाए ।

शिलालेख अनावरणसँगै गढीको पहिचान, अनुसन्धान, संरचना मर्मत तथा पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।



प्रतिक्रिया दिनुहोस !