६ जेष्ठ २०८१, आइतबार

तनहुँमा क्वारेन्टाईन बसेका एक व्यक्तिद्धारा आत्महत्या

प्रकाशित मिति :  24 June, 2020 9:23 am


तनहुँ, १० असार ।

तनहुँको घिरिङ गाउँपालिकामा  क्वारेन्टाईनमा बसेका एक व्यक्तिले गएराति आत्महत्या गरेका छन् । सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर फर्किएका थिए ।

शुरुमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको भए पनि भाग्ने प्रयास गरेको र पछि गाउँपालिकाले त्यसपछि सुरक्षित स्थान भन्दै चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टाईनमा राख्दै आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

तनहुँमा मङ्गलबार मात्रै विभिन्न स्थानमा गरी अन्य तीन जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । तनहुँमा आत्महत्या गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । मानसिक तनाव, प्रेममा असफल, गरिबीका कारण समाजमा यस्ता घटना घट्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !