दाङमा ११ वर्षिया बालिकामाथि बलत्कार गरेकाे आराेपमा युवक पक्राउ
दाङ । दाङमा बालिकालाई जबर्जस्ती करणी गरेकाे आराेपमा युवक पक्राउ परेका छन् । जिल्लाकाे गढवा गाउँपालिका–७ मा एक ११ वर्षिया बालिकामाथि जबर्जस्ती करणी गरेकाे गरेको आरोपमा एक युवक पक्राउ परेकाे प्रहरीले जानकारी दिएकाे छ ।
इलाका प्रहरी कार्यालय गढवाका अनुसार बालिकाका अभिभावकले दिएको उजुरीका आधारमा गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरका २१ वर्षियकुमार विकलाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो।
घटना संवेदनशील प्रकृतिको भएकाले प्रहरीले बालिकाको सुरक्षा, गोपनीयता र आवश्यक परामर्श प्रक्रियालाई प्राथमिकता दिएको बताइएको छ ।
प्रहरीका एक अधिकारीका अनुसार, “घटनाबारे वस्तुगत प्रमाण संकलन र दुवै पक्षको बयानका आधारमा कानुनी प्रकृया अघि बढाइन्छ ।” आरोपित विकलाई हाल अभद्र व्यवहार तथा दुव्र्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि थुनामा राखिएको छ।
प्रहरीले थप विवरण सार्वजनिक नगरी बालिकाको पहिचान र गोपनीयता सुरक्षित राख्ने नीति अपनाएको छ। घटनाका बारेमा आवश्यक प्राविधिक तथा चिकित्सकीय प्रक्रिया पूरा भएपछि मात्र अदालतमा दाबी–जफत प्रक्रिया अघि बढाइने बताइएको छ।








