रोल्पामा भीरबाट लडेर एकजनाको मृत्यु
प्रकाशित मिति : 2 December, 2025 12:11 pm
रोल्पा । रोल्पामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
घाँस काट्न गएका त्रिवेणी गाउँपालिका–६ थुम्काका ५७ वर्षीय भरतबहादुर घर्तीको भीरबाट लडेर मृत्यु भएको हो ।
जंगलमा घाँस काट्न गएका घर्ती घर्ती मंसिर १४ गते साँझ भीरबाट लडेर गम्भीर घाइते भएका थिए ।
घाइते अवस्थामा उद्धार गरी स्थानीयले अस्पताल लैजाने क्रममा घर्तीको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घटनाबारे सोमबार राति ९ बजेपछि मात्रै प्रहरीलाई स्थानीयले जानकारी गराएका थिए ।








