१९ मंसिर २०८२, शुक्रबार

शक्ति मिनिरल्सलाई चुनढुङ्गाका लागि पाल्पाकाे माथागढी गाउँपालिकामा राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति

प्रकाशित मिति :  2 December, 2025 5:21 pm


काठमाडौँ । शक्ति मिनिरल्स प्रा.लि.ले चुनढुङ्गा उत्खननका लागि लागि पाल्पाको माथागढी गाउँपालिका–७ धनुषामा रहेको राष्ट्रिय वनको २१.४१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति पाएको छ ।

मङ्सिर १५ गते बसेको संघीय मन्त्रिपरिषद् बैठकले शक्ति मिनिरल्सलाई राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिएको हो ।

शक्ति मिनिरल्ससँगै त्रिशक्ति होल्डिङ्गस् प्रा।लि, रिद्धिसिद्धि सिमेन्ट, बाबा माइन्स एन्ड मिनिरल्स प्रा.लि, के.के. लाइम्स एन्ड इन्डस्ट्रिजले पनि विभिन्न जिल्लाका राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति पाएका छन् ।

त्रिशक्ति होल्डिङ्सले चितवनको राप्ती नगरपालिक–१३ मा रहेको राष्ट्रिय वनको २०.१४ हेक्टर, रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले मकवानपुरको भिमपेदी गाउँपालिका–७ मा रहेको राष्ट्रिय वनको २१.६३ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति पाएको छ ।

बाबा माइन्स एन्ड मिनिरल्सले मकवानपुरकै भिमपेदी गाउँपालिका –५ मा रहेको राष्ट्रिय वनको ४.९९ हेक्टर जग्गा र के.के. लाइम्स एन्ड इन्डष्ट्रिजले उदयपुरको चौदण्डीगढी नगरपालिका–८ मा रहेको राष्ट्रिय वनको २ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति पाएको छ ।



प्रतिक्रिया दिनुहोस !