२० मंसिर २०८२, शनिबार

दाङको लमहीमा गोली चल्याे : एक जना घाइते

प्रकाशित मिति :  6 December, 2025 3:17 pm


दाङ (देउखुरी) । दाङको लमही नगरपालिका–५ मा रहेको एक सुनचाँदी पसलमा लुटपाटको प्रयासकै क्रममा गोली प्रहार भएको छ । लमही गल्लीमा अवस्थित जुनतारा सुनचाँदी पसलमा भएकाे घटनामा पसल सञ्चालक १६ वर्षिय दिपक सुनार घाइते भएका छन् ।

प्रहरीका अनुसार लुटपाट गर्ने उद्देश्यले आएको व्यक्तिले अचानक गोली चलाएकाे थियो । गोली लागेर घाइते भएका सुनारलाई तत्कालै लमही अस्पतालमा भर्ना गरी उपचार भइरहेको जनाएको छ । अस्पतालका चिकित्सकहरूले उनको अवस्थाबारे आवश्यक उपचार भइरहेको जानकारी दिएका छन् ।

घटनापछि प्रहरी टोली घटनास्थल पुगेको छ। वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए ।

उनले भने, “लुटपाट गर्ने उदेश्यले गोली चलाइएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ। आरोपितको खोजी तीव्र गरिएको छ ।” प्रहरीले घटनास्थलबाट केही प्रमाण संकलन गरेको र सुरक्षाका लागि आसपासका क्षेत्रमा थप सतर्कता अपनाएको जनाएको छ । घटना सम्बन्धी थप विवरण आउन बाँकी छ।



प्रतिक्रिया दिनुहोस !