२० मंसिर २०८२, शनिबार

दाङ–लमहीमा सुनचाँदी पसलमा गोली प्रहार गर्ने एक व्यक्ति पक्राउ, अनुसन्धान जारी

प्रकाशित मिति :  6 December, 2025 8:13 pm


दाङ (देउखुरी) । दाङको लमहीस्थित जुनतारा सुनचाँदी पसलमा भएको गोली प्रहार घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार ती व्यक्ति लमहीमा गोली चलाएपछि घोराही पुगेका थिए । पक्राउ परेका व्यक्तिले घटनाको केही समयअघि नै सुनचाँदी पसलमा फोन गरी “धेरै सुन चाहिएको” भन्दै दबाब दिएको खुलेको छ ।

प्रहरीले नियन्त्रणमा रहेका व्यक्तिको नाम तथा ठेगाना भने गोप्य राखेको छ । घटनामा पसलमा काम गर्ने १८ वर्षीय दिपक सुनार घाइते भएका थिए । उनको लमही अस्पतालमा उपचार गरिएको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।घटनाका सबै पक्षबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !