२२ मंसिर २०८२, सोमबार

लमहीमा होटल सञ्चालक कोठामै मृत फेला : घटनाको विस्तृत अनुसन्धान सुरू

प्रकाशित मिति :  8 December, 2025 10:28 am


दाङ (देउखुरी) । दाङको लमहीस्थित एक होटलका सञ्चालक आफ्नै कोठामा मृत अवस्थामा भेटिएपछि घटनाले स्थानीय क्षेत्रमा चासो बढाएको छ।

पूर्व–पश्चिम राजमार्गदेखि दक्षिणतर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका ४५ वर्षिय सञ्चालक केशवराज खनाल बिहान मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले पुष्टि गरेको छ।

प्रहरीका अनुसार खनाल कोठामा आराम गर्न गएका थिए तर बिहान ढोका नखुलेपछि होटलका कर्मचारीले सूचना दिएपछि प्रहरी पुगेको थियो । कोठा खोल्दा खनाल अवस्थामा भेटिएका हुन् ।

घटनास्थललाई प्रहरीले सील गरी फरक कोणहरूबाट अनुसन्धान अघि बढ़ाएको जनाएको छ । घटनाका सम्बन्धमा प्रारम्भिक सूचनाले विभिन्न सम्भावनाहरू उठाए पनि प्रहरीले कुनै निष्कर्ष निकाल्न अझै बाँकी रहेको बताएको छ । मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टले पुष्टि गर्नेछ ।

स्थानीय व्यापारी समुदायले एक सक्रिय र मिलनसार उद्यमीको आकस्मिक निधनप्रति दुःख व्यक्त गरेका छन् । होटल क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका खनाल स्थानीय पर्यटन एवं व्यवसायिक क्षेत्रमा चिनिने नाम मानिन्थे ।



प्रतिक्रिया दिनुहोस !