गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका प्रमुख पाैडेल निलम्बनमा
प्रकाशित मिति : 9 December, 2025 7:02 am
काठमाडौँ । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका प्रमुख निलम्बनमा परेका छन् ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलको भ्रष्टाचार काण्डमा मुद्दा दायर भएपछि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका प्रमुख बाबुराम पौडेल पनि निलम्बनमा परेका छन् ।
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा पौडेलको नाम पनि छ । पौडेललाई तत्कालीन निर्देशकको हैसियतमा मुद्दा दायर भएको छ ।
भ्रष्टाचारको मुद्दा दायर भएपछि पौडेल स्वत : निलम्बनमा परेका हुन् । पौडेलसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेय पनि निलम्बनमा परेका छन् ।








