१६ बैशाख २०८१, आइतबार

रुन्टीगढी गाँउपालिकाको बजेट ५६ करोड ८३ लाख रुपैयाँ, १ हजार जनालाई रोजगार बनाउने लक्ष्य(पूर्ण पाठसहित)

प्रकाशित मिति :  24 June, 2020 7:49 pm


रोल्पा, १० असार ।

रोल्पाको रुन्टीगढी गाँउपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ५६ करोड ८३ लाख ५२ हजार रुपैयाँको बजेट ल्याएको छ ।

गाँउपालिकाको सातौ गाँउ सभामा उपाध्यक्ष छमया पुनले आज आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेकी हुन् । गाँउपालिकाले चालुतर्फ २१ करोड ५३ लाख ८३ हजार रुपैयाँ अर्थात(३७.९० प्रतिशत) र पूँजीगत तर्फ ३५ करोड २९ लाख ६९ हजार रुपैयाँ अर्थात ६२.९० प्रतिशत) रकम बिनियोजन गरेको छ ।

गाँउपालिका तर्फ सिप विकास, समूह प्रविधि हस्तान्तरण तथा साना उद्योग संचालन मार्फत रोजगारी र आयमा बृद्धि गर्न लघुउद्यम विकास कार्यक्रम तर्फ २९ लाख रुपैयाँ विनियोजन गरिएको छ भने बैकल्पिक उर्जाको प्रयोगमा बृद्धि गर्न भन्दै ८ लाख विनियोजन भएको छ ।

कृषि दर्ता स्थापना, कृषि तथा पशुपंक्षि तथ्याङ्क अद्यावधिक, कृषि उत्पादन क्षेत्र पकेट विस्तार, बाख्रा पकेट कार्यक्रम, फलफुल दशक अन्र्तगत विरुवा रोपन कार्यक्रम तथा कृत्रिम गर्वाधान कार्यक्रममा एकमुष्ट ५३ लाख विनियोजन गरेको उपाध्यक्ष पुनले जानकारी दिईन । उनका अनुसार पञ्जिकरण तथा व्यक्तिगत घटनादर्ता कार्यक्रमलाई व्यवस्थित गर्न , वडा स्तरमा सामाजिक सुरक्षा वितरणको अवस्थालाई सहज बनाउन प्रविधि तथा ईन्टरनेट, मेसनरी औजार, घटना दर्ता शिविर तालिम तथा अनुगमन लागाएतका शिर्षकमा खर्च हुने गरी एकमुष्ट ४२ लाख विनियोजन गरिएको छ ।

पर्यटन विकास पूर्वाधार निर्माणका लागि होलेरी पर्यटन पूर्वाधार विकास कार्यक्रमका लागि ५ लाख, लैङ्गीक हिंसा निवारण कोष, तथ्याङ्क संकलन तथा सहकारीसंस्थाहरुको सुध्रिढिकरणका लागि ३ लाख, राष्ट्रपति रनिङ सिल्ड कार्यक्रमका लागि १ लाख रुपैयाँ विनियोजन भएको   छ ।

आधारभूत तहको शिक्षक परिश्रमिक, मा.वि.शिक्षको पारिश्रमिक, निशुल्क पाठ्यक्रम अनुदान, दिवाखाजा कार्यक्रम, शैक्षिक पूर्वाधार, शैक्षिक पहुँच कार्यक्रम लागाएतका कार्यक्रमहरुमा शिक्षा शाखा मार्फत खर्च हुनेगरी एकमुष्ट १३ करोड ८८ लाख, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श संचालन तथा व्यवस्थापनका लागि एकमुष्ट १८ लाख रुपैयाँ विनियोजन भएको छ । त्यस्तै कुर्जा खोला झोलुंगेपुलका लागि ५ लाख विनियोजन भएको छ ।

साना कृषि तथा यन्त्र उपकरणमा कृषकहरुलाई अनुदान प्रदान गर्ने र कृषि उत्पादनमा बृद्धि गर्नेगरी १७ लाख ५० हजार, कोभिड १९ बाट प्रभावित भै गाउँ फर्केका वेरोजगार युवाहरुलाई कृषि रोजगारीमा जोडी स्थानीय स्तरमा रोजगारीको सृजना गर्ने उदेश्यका साथ कृषि सामग्रीमा अनुदान तर्फ २० लाख, गाउँपालिको पहिचान र प्रमुख उत्पादन झल्कने गरी र कृषि उत्पादनमा टेवा पुगोस भन्ने अभिप्रायले एक स्थानीय तह एक उत्पादन कार्यक्रमका लागि १७ लाख रुपैयाँ विनियोजन भएको छ ।

कृषि तथा पशुपक्षि विकास तर्फका कार्यक्रमहरु कार्यान्वयनका लागि एक कृषि तथा पशुपंक्षि विकास अधिकृतका लागि ४ लाख रुपैयाँ विनियोजन भएको छ । होलेरी र सुर्पाल लगायतका वाजार क्षेत्र भित्र पर्ने गरी कोशेलि घर प्रर्दशनी तथा बिक्रि कक्ष संचालनका लागि १० लाख विनियोजन गरेको छु ।

वडा नं. १ अन्तर्गत पद्यमोदय माध्यामिक विद्यालय दाङचोटको पूर्वाधार निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन भएको छ । रुन्टीगढी स्वावलम्बन र्काक्रमका लागि ५० लाख बजेट विनियोजन भएको छ । यसबाट १ हजार जनाका लागि रोजगारको आधार तयार हुने गाँउपालिकाको विश्वास छ । त्यस्तै गाउँपालिको केन्द्र होलेरीमा रहेको १५ शैयाको अस्पताल भित्र सस्तो औषधि पसल संचालन तथा अन्य सामग्री /प्रविधि सहयोगको लागि ३० लाख विनियोजन भएको छ । बजेटको पूर्ण पाठः

आ.ब. २०७७/०७८ को
बजेट वक्तव्य

रुन्टीगढी गाउपालिका
होलेरी (झेनाम ) रोल्पा
२०७७ साल असार १० गते

लसातौंँ गाउँसभाका सभाध्यक्षज्यू, गाउँसभाका सदस्यज्यूहरु, सभाका सचिव लगायत कर्मचारी मित्रहरु, उपस्थित सम्पूर्ण महानुभावहरु ।

—नेपालमा चलेका विभिन्न जनआन्दोलन, जनयुद्घ, मधेश आन्दोलन लगायतका संघर्षहरुमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात         शहीदहरुप्रति हार्दिक श्रद्घान्जली अर्पण गर्दछु ।
—यस गाउँपालिका अन्तर्गतका सहिदहरु प्रति श्रद्धासुमन व्यक्त गर्दछु । संर्घषहरुमा अङ्गभङ्ग भईघाइते हुनुभएका र वेपत्ता नागरिकहरुप्रति       सम्मान प्रकट गर्दछु ।
—सभाअध्यक्ष महोदय कृषि पर्यटन र पूर्वाधार रुन्टीगढी समृद्धिको आधार भन्ने यस गाउँपालिको नारा लाई सार्थक बनाउन हामी सबैको              सकारात्मक र ईमान्दार प्रयास हुनु पर्दछ भन्ने विश्वास व्यक्त गर्दछु ।
—कोरोना महामरी कोभिड १९ विचमा पनि हामि निरन्तर खटीरह्यौं र महामारी नियन्त्रणको अभियानमा काम गरिरह्यौं यस विचमा जनप्रतिनिधिहरुसंगै, स्वास्थयकर्मी, सुरक्षकर्मी, कर्मचारी राजनैतिक दल, नागरिकसमाज, नीजिक्षेत्र, संचारकर्मी अहोरात्र खटिरहनु भयो यसका लागि यसै सभा मार्फत धन्यवाद व्यक्त गर्दछु ।
— कोराना भाइरसको महामारीमारीले विश्व अर्थतन्त्र तहसनहस हुदा त्यसको नारात्मक प्रभाव नेपालको अर्थतन्त्रमा पनि प¥यो यस विच हामी सबैले नेपालको अर्थतन्त्र उठाउन भुमिका निर्वाह गर्नु आवश्यक छ ।
—सभाअध्यक्ष महोदय, यसै पृष्ठभूमिमा म आगामी आर्थिक वर्ष २०७७÷०७८ को कुल आय तथा व्ययको अनुमान पेश गर्ने अनुमति माग्दछु ।
—आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि संघीय वित्तीय समानीकरण अनुदान शिर्षकमा १० करोड १५ लाख, संघीय राजश्व बाँडफाड शिर्षकमा ९ करोड ४ लाख ७५ हजार २ सय ५ रुपैया, संघीय ससर्त अनुदान शिर्षकमा १९ करोड ७४ लाख, संघीय विशेष अनुदान शिर्षकमा २ करोड २४ लाख, संघीय समपुरक अनुदान शिर्षकमा ५० लाख गरी संघीय सरकारबाट प्राप्त हुने कुल अनुदान ४१ करोड ६७ लाख ७५ हजार २ सय ५ रुपैया अनुमान गरेको छु ।

– यसैगरी आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि प्रदेश सरकारबाट प्राप्त हुने अनुदान पेश गर्दछु । जस अन्र्तगत प्रदेश वित्तीय सामानिकरण अनुदन शिर्षकमा रु ५२ लाख ८३ हजार, प्रदेश राजश्वा वाडफाड तर्फ ५४ लाख ४३ हजार, प्रदेश शर्सत तर्फ १ करोड ४८ लाख ५० हजार, प्रदेश समपुरक तर्फ १ करोड ५० लाख र प्रदेश विशेष अनुदान तर्फ ६० लाख अनुमान गरेको छु यसरी प्रदेश सरकारबाट प्राप्त हुने कुल अनुदान ४ करोड ६५ लाख ६७ हजार अनुमान गरेको छु ।

– सभाअध्यक्ष महोदय, यसैगरी आन्तरीक आय तर्फ आन्तरीक राजश्व रु ७५ लाख ७ सय ९५ रुपैपा र संचित कोष तर्फ फिर्ता हुने २ करोड ३० लाख अनुमान गरेकोछु । यसरी आन्तरीक आय तर्फ कुल जम्मा ३ कारोड ४५ लाख ७ सय ९५ रुपैया अनुमान गरेको छु ।
– वित्तिय हस्तान्तरण तर्फ सामाजिक सुरक्षा कार्यक्रममा ६ करोड २५ लाख, प्रदेश÷स्थानी क्षमता विकास तर्फ ५ लाख, गाउँ विकास साझेदारी कार्यक्रम तर्फ २५ लाख, बहु पोषण कार्यक्र तर्फ २० लाख र दातृ निकाय तथा संघसंस्थाहरुबाट रु ७० लाख अनुमान गरेकोछु । यस शिर्षक अन्र्तगत जम्मा ७ करोड ४५ लाख रुपैया अनुमान गरेकोछु ।
– यसरी आय तर्फ कुल जम्मा ५६ करोड ८३ लाख ५२ हजार रुपैया अनुमान गरेको छु ।
– सभाअध्यक्ष महोदय यसरी प्राप्त हुने आयलाई पुँजिगत र चालु शिर्षकमा कुल खर्च हुनेगरी निम्नानुसार कुल व्याय अनुमान गरेको छु ।
– चालु तर्फ ः गाउँपालिका प्रशासनिक तथा चालु खर्च तर्फ ११ करोड १७ लाख २ हजार रुपैया व्यय अनुमान गरेकोछु ।
– विषयगत शाखा चालु तर्प १ करोड ५० लाख, वडा कार्यालयको चालु तर्फ १ करोड ६६ लाख ८१ हजार रुपैया व्यय अनुमान गरेकोछु ।
– सामाजिक सुरक्षा तर्फ ६ करोड २५ लाख व्यय अनुमान गरेकोछु ।
– प्रदेश÷स्थानीय क्षमता विकास तर्फ ५ लाख, वहु पोषण कार्यक्रम तर्फ २० लाख र विभिन्न संघसस्था कार्यक्रम तर्फ रु ७० लाख व्यय अनुमान गरेकाछु ।
– पुँजिगत तर्फ ः गाउँपालिका तर्फ पुँजिगत रु ३ करोड ३५ लाख, वडा कार्यालय पुँजिगत ५ करोड ३३ लाख १९ हजार, गाउँ विकास साभेदारी कार्यक्रम २५ लाख व्यय अनुमान गरेकोछु ।
– यसैगरी संघीय समपुरक तर्फ २ करोड २४ लाख, संघीय विशेष अनुदान तर्फ ५० लाख, प्रदेश समपुरक तर्फ १ करोड ५० लाख, प्रदेश विशेष अनुदान तर्फ ६० लाख व्यय अनुमान गरेकोछु ।
– यसरी कुल व्यय तर्फ ५६ करोड ८३ लाख ५२ हजार रुपैया अनुमान गरेकोछु ।
– सभाअध्यक्ष महोदय यसरी विनियोजन भएको चालु तथा पुँजिगत खर्चतर्फ विनियोजित बजेटलाई खर्च प्रतिशतमा विश्लेषण गर्दा चालु तर्फ कुल ३८ दशमलव ४२ प्रतिशत र पुँजिगत तर्फ ६१ दशमलव ५८ प्रतिशत रकम विनियोजन भएकोछ । देश भरी चालु खर्चमा बृद्धि भैरहेको अवस्थामा हाम्रो गाउँपालिकामा पुँजिगत तर्फ विनियोजन भएको बजेट चालु तर्फ विनियोजन भएको बजेटको करीव सय प्रतिशतले वढि हुन आएको देखिन्छ यो हामी सबैको लागि सुख प्रयास हो । यस प्रयासमा सहयोग गर्ने वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु र समग्री कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्न चाहान्छु ।
– सभाअध्यक्ष महोदय माथि उल्लेखित कुल व्यय अनुमानलाई तल विस्तृतरुपमा पेश गरेकोछु ।
– अब, शसर्त तर्फ भएको बजेट विनियोजन पेश गर्न अनुमति माग्दछु ।
– सिप विकास, समुह प्रविधि हस्तान्तरन तथा साना उद्योग संचालन मार्फत रोजगारी र आयमा बृद्धि गर्न लगुउद्यम विकास कार्यक्रम तर्फ रु २९ लाख विनियोजन गरेको छु ।
– वैकल्पीक उर्जाको प्रयोगमा बृद्धि गरी स्थानीयहरुको दैनिकीमा सुधार होस भन्ने उद्येश्यले रु ८ लाख विनियोजन गरेकोछु ।
– कृषि दर्ता स्थापना, कृषि तथा पशुपंक्षि तथ्याङ्क अद्यावधिक, कृषि उत्पादन क्षेत्र पकेट विस्तार, बाख्रा पकेट कार्यक्रम, फलफुल दशक अन्र्तगत विरुवा रोपन कार्यक्रम तथा कृत्रिम गर्वाधान कार्यक्रममा एकमुष्ट रु ५३ लाख विनियोजन गरेकोछु ।
– पञ्जिकरण तथा व्यक्तिगत घटनादर्ता कार्यक्रमलाई व्यवस्थित गर्न , वडा स्तरमा सामाजिक सुरक्षा वितरणको अवस्थालाई सहज बनाउन प्रविधि तथा ईन्टरनेट, मेसनरी औजार, घटना दर्ता शिविर तालिम तथा अनुगमन लागाएतका शिर्षकमा खर्च हुने गरी एकमुष्ट रु ४२ लाख विनियोजन गरेकोछु ।
– पर्यटन विकास पूर्वाधार निर्माणका लागि होलेरी पर्यटन पूर्वाधार विकास कार्यक्रमका लागि रु ५ लाख विनियोजन गरेकोछु ।
– लैङ्गीक हिंसा निवारण कोष, तथ्याङ्क संकलन तथा सहकारीसंस्थाहरुको सुध्रिढिकरणका लागि रु ३ लाख विनियोजन गरेको छु ।
– राष्ट्रपति रनिङ सिल्ड कार्यक्रमका लागि रु १ लाख विनियोजन गरेकोछु ।
– आधारभूत तहको शिक्षक परिश्रमिक, मा.वि.शिक्षको पारिश्रमिक, निशुल्क पाठ्यक्रम अनुदान, दिवाखाजा कार्यक्रम, शैक्षिक पूर्वाधार, शैक्षिक पहुँच कार्यक्रम लागाएतका कार्यक्रमहरुमा शिक्षा शाखा मार्फत खर्च हुनेगरी एकमुष्ट रु १३ करोड ८८ लाख विनियोजन गरेकोछु ।
– वित्तीय साक्षरता, मनोसामाजिक परामर्श संचालन तथा व्यवस्थापनका लागि एकमुष्ट रु १८ लाख विनियोजन गरेकोछु ।
– कुर्जा खोला झोलुंगेपुलका लागि रु ५ लाख विनियोजन गरेकोछु ।
– आधारभूत स्वास्थ्य सेवा केन्द्र संचालन, कम्यूनिटी डट्स संचालन, क्षयरोग प्रयोगशाला सामग्री खरिद तथा पि.भि.सी. विरामीहरुलाई पोषण खर्च र परिक्षण लगाएतको शिर्षकमा खर्च हुने गरी रु २ करोड ७१ लाख विनियोजन गरेकोछु ।
– आमा सुरक्षा कार्यक्रम तथा मातृ तथा नवशिशु कार्यक्रमका लागि रु ५१ लाख रुपैया विनियोजन गरेकोछु ।
– एकिकृत बाल तथा स्वास्थ्य र पोषण कार्यक्रमका लागि रु ७ लाख १० हजार विनियोजना गरेकोछु ।
– औलो तथा कालाजार, इनफुलुन्जा, वर्डफुलु, डेंगु, लागाएतका माहामारी रोगहरुको नियन्त्रण तथा रोकथाम र तयारीका लागि रु ३ लाख विनियोजन गरेकोछु ।
– औषधि तथा स्वास्थय सामग्री खरिद व्यवस्थापन तथा विभिन्न प्रकारका अभिमूखिकरण र महिला स्वास्थय स्वयंसेविकाहरुको पोषाक लागाएतको कार्याक्रमका लागि रु २८ लाख विनियोजन गरेकोछु ।
– प्रधानमन्त्री रोजगार कार्यक्रम का लागि एकमुष्ट रु ६४ लाख विनियोजन गरेकोछु ।
– सभाअध्यक्ष महोदय, विशेष अनुदान अन्तर्गत ठुला प्रकृतिका पूर्वाधारका योजनाहरुमा उल्लेख्य रकम विनियोजन गरेकोछु ।
– स्वास्थय चौकि भवन डुब्रिङ क्रमागतका लागि रु १ करोड विनियोजन गरेकोछु ।
– गोरीनेटा स्वास्थय चौकी भवन निर्माणका लागि रु ५० लाख विनियोजन गरेकोछु ।
– घोर्ले मुहान रानीवन लिफ्टीङ खानेपानी योजनाका लागि रु ५० लाख विनियोजन गरेकोछु ।
– मसिना एक घर एक धारा योजनाका लागि २४ लाख विनियोजन गरेकोछु ।
– होलेरी जुर्नेटा सहरी विकास कार्यक्रमका लागि सममुरकमा खर्च हुने गरी हाल रु ५० लाख विनियोजन गरेकोछु ।
– सयसैगरी म अव प्रदेश शसर्त तर्फका योजना तथा कार्यक्रमहरु पेश गर्ने अनुमति माग्दछु ।
– साना कृषि तथा यन्त्र उपकरणमा कृषकहरुलाई अनुदान प्रदान गर्ने र कृषि उत्पादनमा बृद्धि गर्नेगरी रु १७ लाख ५० हजार विनियोजन गरेकोछु ।
– कोभिड १९ बाट प्रभावित भै गाउँ फर्केका वेरोजगार युवाहरुलाई कृषि रोजगारीमा जोडी स्थानीय स्तरमा रोजगारीको सृजना गर्ने उदेश्यका साथ कृषि सामग्रीमा अनुदान तर्फ २० लाख विनियोजन गरेकाछु ।
– यस गाउँपालिको पहिचान र प्रमुख उत्पादन झल्कने गरी र यहाँको कृषि उत्पादनमा टेवा पुगोस भन्ने अभिप्रायले एक स्थानीय तह एक उत्पादन कार्यक्रमका लागि रु १७ लाख विनियोजन गरेकोछु ।
– कृषि तथा पशुपक्षि विकास तर्फका कार्यक्रमहरु कार्यान्वयनका लागि एक कृषि तथा पशुपंक्षि विकास अधिृत नियुक्तिका लागि रु ४ लाख विनियोजन गरेकोछु ।
– यस गाउँपालिका भित्र रहेका कृषि, पशु तथा अन्य उत्पादनलाई टेवा पुगोस साथै पर्यटन प्रर्वद्धनमा सहयोग होस र रोजगारी सृजना को अवसरमा वृद्धि हुन पुगोस भन्ने अभिप्रायले होलेरी र सुर्पाल लगाएतका वाजार क्षेत्र भित्र पर्ने गरी कोशेलि घर प्रर्दशनी तथा बिक्रि कक्ष संचालनका लागि रु १० लाख विनियोजन गरेकोछु ।
– वडा नं. १ अन्तर्गत पद्यमोदय माध्यामिक विद्यालय दाङचोटको पूर्वाधार निर्माणका लागि रु १० लाख विनियोजन गरेकोछु ।
– वडा नं. १ कै दहडाडा प्राथमिक विद्यालय राम्लीको पूर्वाधार निर्माणका लागि रु १० लाख विनियोजन गरेकोछु ।
– रुन्टीगढी ३ वाजा खानेपानी योजनाका लागि रु १० लाख विनियोजन गरेकोछु ।
– मगरगौरी खसगौरी खानेपानी योजनाका लागि रु १० लाख विनियोजन गरेकोछु ।
– यसैगरी खारा खानेपानी योजनाका लागि १५ लाख र महेन्द्र मा.वि. होलेरी पूर्वाधार निर्माणका लागि रु १० लाख विनियोजन गरेकोछु ।
– यस गाउँपालिका अन्र्तगत वडा नं. ७ र ९ को विचमा रहेको खस्रे डाडाँलाई फिल्म छायांकन, पिकनिक स्पट, हिमाल भिउ प्वाईन्ट, रक कलाइम्बीङ समेतको काम हुनेगरी यस वर्ष कार्य सुरुवात गर्न रु १५ लाख विनियोजन गरेकोछु ।

– सभा अध्यक्षज्यू, संघीय वित्तीय समानीकरण अनुदन, संघीय राजश्व वाँडफाड, प्रदेश वीत्तीय समानीकरण अनुदान र, प्रदेश राजश्ववाँडफाड र आन्तरीक आय बाट गाउँपालिका, वडा कार्यालय तथा विषयगत शाखाहरुबाट खर्च हुनेगरी देहाय बमोजिम योजना तथा कार्यक्रमहरुमा रकम विनियोजन गरेकाछु ।
– संघ तथा प्रदेश सरकारसंग साझेदारीमा रननैतिक, दिगो र रुन्टीगढी गौरवका आयोजना संचालन गर्नेगरी समपुरकमा रु २ करोड विनियोजन गरेकोछु ।
– गाउँपालिका भित्रका सडकहरु वर्षायाममा भत्कने, लामो समय मर्मत हुदा सडक जीर्ण वन्ने र यातायतामा असहजता हुने भएकाले यस वर्ष सडक मर्मत तथा निर्माण कार्यमा सहज होस भन्ने उदेश्यले आगामी आर्थिक वर्षको सुरुवातमै एक थान जे.सी.वि. खरिद गर्नेगरी रु ५० लाख विनियोजन गरेकोछु ।
– सालबाङ नौधारा अरङ खोला हुदै सैघा जोड्ने मोटरबाटोको लागि रु १५ लाख विनियोजन गरेकोछु ।
– मसिना खेलकुद मैदानका लागि रु ५ लाख विनियोजन गरेकोछु ।
– कुर्जा मोटरबाटो निर्माणका लागि रु १५ लाख विनियोजन गरेकाछु ।
– रुन्टीगढी रनिङ सिल्डका प्रतियोगिता संचालनका लागि आगामी आर्थिक वर्षमा खर्च हुनेगरी र ८ लाख विनियोजन गरेकोछु ।
– पुरानो गाउँ लिघा मोटरबाटोको लागि रु ५ लाख विनियोजना गरेको छु ।
– सरेचौर ठकुरीटोल एक घर एक धारा खानेपानी योजनाका लागि रु ५ लाख विनियोजन गरेकोछु ।
– उमा गढ सिद्ध बराह संरक्षणका लागि रु ५ लाख विनियोजन गरेकोछु ।
– डुब्रिङ खेलकुद मैदान निर्माणका लागि रु ५ लाख विनियोजन गरेकोछु ।
– गोरीनेटा लापल मोटरबाटो क्रमागत योजनाका लागि रु ५ लाख विनियोजन गरेकोछु ।
– सभाअध्यक्ष महोदय अव म वाडागत बजेट विनियोजन पेश गर्न चाहान्छु ।
– वडा नं. ९ को लागि रु ९० लाख, वडा नं. २ को लागि ६२ लाख ५० हजार, वडा नं. ३ को लागि ७० लाख, वडा नं.४ को लागि ६२ लाख ५० हजार, वडा नं. ५ को लागि ९५ लाख, वडा नं. ६ को लागि १ करोड, वडा नं. ७ को लागि ७० लाख, वडा नंं. ८ को लागि ७० लाख र वडा नं. ९ को लागि ८० लाख गरी जम्मा ७ करोड वडा तर्फ विनियोजन गरेकोछु ।
– हालको विषम अवस्थालाई ख्याल गर्दै विषयगत शाखा तर्फ पनि उल्लेख्य वजेट विनियोजन गरेकाछु ।
– स्वास्थ्य शाखाका लागि रु ४० लाख, शिक्षा शाखाका लागि रु ४० लाख, कृषि विकास शाखाको लागि रु २५ लाख , पशु सेवा शाखाको लागि रु ३० लाख र महिला वालवालिका तथा जेष्ठ नगरीक शाखाका लागि रु १५ लाख गरी जम्मा रु १ करोड ५० लाख विनियोजन गरेकोछु ।
– सभाअध्यक्ष महोदय यस वर्ष गाउँपालिका अन्तर्गत रिक्त रहेका सबै दरवन्दीहरु पदपूर्ति भएकाछन् । पदपूर्ति भएपछि कार्य सम्पादन स्तरमा बृद्धि भएकोछ । योजना तथा कार्यक्रम कार्यान्वयनमा सहजता महसुस भएको छ । यस संगै गाउँपालिको आर्थिक दायित्व करीव सय प्रतिशतले बृद्धि समेत भएकोछ । यस पृष्ठभूमिमा चालु तर्फको विनियोजित बजेटको अंकमा बृद्धि भएको छ ।
– हामीलाई संघीय सरकार, प्रदेश सरकार तथा आन्तरीक आयबाट प्राप्त अख्तियारीबटै पारिश्रमीक, दैनिक कार्यालय संचालन तथा पशामर्श सेवाका खर्च हरु भुक्तानि गर्नु पर्ने भएकालेले यस वर्ष गाउँपालिकाबाट संचालन हुने विभिन्न पूँजिगत कार्यक्रमहरुमा प्रभाव पर्न गएकोछ ।
– हामीलाई शिक्षा, स्वास्थ्यमा , आन्तरीक सुरक्षा तथा कार्यालय व्यवस्थापन मा उल्लेख्य संख्यामा करारमा जनशक्ति भर्ना गरी कार्य सम्पादन गर्नुपर्ने वाध्यता रहेको छ । यस विषम परिस्थितिमा नचाहादा नचाहदै पनि चालु खर्च तर्फको अंकमा वृद्धि भएको छ ।
– सभाअध्यक्ष महोदय , कर्मचारीको तलव भत्ता, पोषाक, भ्रमण भत्ता, औषधि उपाचार , पानी विजुली , सूचना प्रकाशन लागाएत तथा आन्तरीक कर्यालय र वाडा हरुको प्रशासनिक व्यवस्थापनका लागि चालु खर्च मा एकमुष्ट रु ७ करोड ३८ लाख ५२ हजार रुपैया विनियोजन गरेकोछु ।
– यसै गरी चालु शिर्षकमै विभिन्न क्षमता विकास, गुरु योजना, डीपीआर निर्माण, पर्यटन , सरसफाई र समपुरक कोष शिर्षकमा रकम विनियोजन गरेकोछु ।
– युवाका लागि क्षमता विकास कार्यक्रममा ३ लाख विनियोजन गरेकोछु ।
– माहामारीबाट बच्न सरसफाईलाई ध्यान दिन अतिनै आवश्यक छ । हाल विश्वभरी चलेको महामारी कोरोना नियन्त्रणको मुख्य आधार पनि सरसफाई भएको हामी भुक्तभोगी छौं । देशमा विभिन्न पटक देखिने माहामारी नियन्त्रणका लागि सरसफाई तर्फ ध्यान दिदै पूर्ण सरसफाईको लक्ष तर्फ अगाडी वढ्न आवश्यक छ यसै उदेश्यलाई पुरा गर्न सरसफाई प्रर्वद्धन कार्यक्रमका लागि एकमुष्ट रु २५ लाख विनियोजन गरेकोछु ।
– उद्योग विकास कार्यक्रम तर्फ रु ५ लाख विनियोजन गरेको छु ।
– यस क्षेत्रमा लोकसेवा जाँच दिने परिपाटीको सुरुवात गर्न दलित जनजाती, महिला, युवा तथा अन्य समुदायलाई लक्षित गरी लोक सेवा तयारी कक्षाका लागि रु २ लाख विनियोजन गरेकोछु ।
– जनजाती सिप विकास तालिमका लागि रु २ लाख विनियोजन गरेकोछु ।
– दलित समयुदायहरुको क्षमता तथा आय आर्जनमा वल पुगोस भन्ने हेतुले क्षमता विकास शिर्षकमा रु २ लाख विनियोजना गरेकोछु ।
– महिला आया आर्जन तथा क्षमता विकासका लागि रु २ लाख विनियोजन गरेकोछु ।
– यो क्षेत्र पर्यटन सम्भावनाबोकेको क्षेत्र भएको । राजनैतिक, धार्मिक, सांस्कृति, प्राकृतिक, कृषि उत्पादन, रैथाने सस्कृति र ऐतिहाँसिक हिसावले महत्वमा रहेको । यस वर्ष चलेको कोरोना माहामारीका करण पर्यटन क्षेत्रमा विनियोजन गरिएको वजेट कार्यान्वयन हुन नसकेको र निर्धारीत कार्यक्रम अपुरो रहेकाले अपुरो कार्यक्रम तथा नयाँ कार्यक्रम संचालनका लागि एक मुष्ट रु ३० लाख विनियोजना गरेकोछु ।
– विश्वामा चलेको कोरोना (कोभिड १९ ) नियन्त्रणका लागि धेरै काम गर्नुपर्ने अवस्था रहेको र जोखिमको प्रभाव वढ्दै गएकाले जोखिम नियन्त्रण तथा रोकथामका लागि विपद् व्यवस्थापन (कोरोना नियन्त्रण ) मा लागि रु ६० लाख विनियोजन गरेकोछु । क
– कानुनी परामर्श तथा न्यायीक समितिका लागि रु १ लाख ५० हजार विनियोजन गरेकाछु ।
– उत्पादनमा टेवा पुगोस भन्ने अभिप्रायले कृषि तथा भेटेनरी विषयमा जेटिए पढाउने गरी एक गाउँ एक प्राविधिक छात्रवृत्ति शिर्षकमा रु १० लाख विनियोजन गरेकोछु ।
– मानव संसाधन कोषमा ५ लाख विनियोजन गरेकाछु ।
– सडक गुरुयोजना निर्माणको लागि रु १० लाख विनियोजन गरेकोछु ।
– वाडाहरुको विपन्नता स्तरीकरण मापनका लागि रु ३ लाख विनियोजना गरेकोछु ।
– गाउँ पाश्र्वचित्र अध्यावधिक कार्यका लागि रु ५ लाख विनियोजन गरेकोछु ।
– विभिन्न नीति नियम, कार्यविधि निर्माणका लागि रु ५ लाख विनियोजन गरेकोछु ।
– होलेरी क्षेत्रमा संचालित संचार माध्यम र पत्रकारहरुको क्षमता विकासका लागि संचार विकास कार्यक्रममा रु ५ लाख विनियोजन गरेकोछु ।
– सभाअध्यक्ष महोदय, हामीले नीति तथा कार्यक्रममा विभिन्न रणनैतिक योजना तथा कार्यक्रमहरु कार्यान्वयनका लागि पेश गरेकाछौं । गाउँपालिका अन्तर्गत विषयगत शाखा संचालन हुने नमुना पकेटक्षेत्र काक्रर्यक्रम, कृषकका लागि प्रविधि हस्तान्तरण कार्यक्रम, गोठ देखि ओठ कृषकलाई नोटैनोट, वोयर बोका श्रोतकेन्द्र स्थापना, स्थानीय जातको नमुना कुखुरा पालन फर्म , व्यवसायीक कालिज पालन लागाएताका कार्यक्रमहरु संचालनका लागि कृषि र पशुविकास शाखा अन्तर्गतबाट बजेट विनियोजन गरेकोछु ।
– करार खेती , चकलवान्दी प्रोत्साहन, सफल कृषक सम्मान जस्ता कार्यक्रमहरु कृषिविकास शाखा मार्फत विनियोजन बजेट विनियोजन गरेकोछु ।
– यसैगरी रुन्टीगढी गौरवका आयोजनाहरु लागाएत ढुला पूर्वाधारका योजनाहरुका लागि प्रदेश तथा संघीय समपुरक कार्यक्रमबाट रकम विनियोजन गरेकोछु ।
– पर्यटन तर्फका विशेष कार्यक्रमहरु हामीले घुम्नुपछ हाम्रो गाउँ रुन्टीगढी घुम्न जाउँ, रुन्टीगढी एक्सप्लोर २०२१, होमस्टे संचालन तथा सम्भाव्यता अध्ययनमा पर्यटन प्रर्वधन शिर्षक अन्तर्गतबाट बजेट विनियोजन गरेकोछु ।
– उपाध्यक्ष सुन्य होम डेलिवरी, सबै भन्दा पहिला विकास मा महिला, पोषणयुक्त आहार ः शिक्षा, प्यार र स्याहार, रोग विरुद्धको चेतना व्यक्तिमा ः रोगको उपचार वस्ती वस्तीमा लागाएतका कार्यक्रमहरुको लागि बजेट विनियोजन गरेकोछु ।
– रुन्टीगढी प्राविधिक छात्रवृत्ति, नमुना शिक्षा कार्यक्रम, समुन्नत समाजको आधार ः शिक्षा क्षेत्रको सुधार, शिक्षित नानी शिक्षामा लागानी, सबैका लागि शिक्षा, सधैंका लागि शिक्षा लागाएतका कार्यक्रमहरुमा विषगत शिर्षकहरु मार्फत वजेट विनियोजन गरेकोछु ।
– भिन्न क्षमता समान अवसर, महिलाका लागि सहारा, मर्यादा सामग्री वितरण लागाएतका कार्यक्रमहरुमा महिला, वालवालिका शाखामार्फत वजेट विनियोजन गरेकोछु ।
– सन २०२१ सम्म गाउँपालिकालाई पूर्ण सरसफाई घोषणा गर्ने अभियान, मेरो सहर हरियो सहर कार्यक्रममा बजेट विनियोजन गरेकोछु ।
– जनाताका आगनमा जनप्रतिनिधि, अभिभावकसंग अध्यक्ष लागाएतका जनमुखि कार्यक्रम संचालनका लागि वजेट विनियोजन गरेकोछु ।
– सूसानलाई प्रर्वछन गर्न हेल्लो गाउँपालिका रेडीयो कार्यक्रमका लागि रकम विनियोजन गरेकोछु ।
– रुन्टीगढी स्वावलम्बन र्काक्रमका लागि रु ५० लाख बजेट विनियोजन गरेकोछु ।
– गाउँपालिको केन्द्र होलेरीमा रहेको १५ शैयाको अस्पताल भित्र सस्तो औषधि पसल संचालन तथा अन्य सामग्री ÷प्रविधि सहयोगको लागि ३० लाख विनियोजन गरेकोछु ।
– होलेरी बजारबाट अस्पताल सम्म पुग्ने पहँुच मार्गको स्तरोन्नती तथा मर्मत सुधारका लागि आगामी आ.ब.को सुरुवाटै काम हुने गरी रकम विनियोजन गरेकोछु ।
– सभाअध्यक्ष महोदय, हाम्रो कार्यकालको तेस्रो वर्षको अन्त्य तिर पुग्दा हामीलाई महशुस भएकोछ श्रोत अभाव,कर्मचारी अभाव , भौगोलिक जटीलताले हामीले जनाभावना अनुसार धेरै कार्य गर्न सकेनौ की ? तर न्यूत उपलव्ध श्रोत साधन र जनशक्तिका वावजुत पनि हामीले ईमान्दारीताका साथ आफ्नो जिम्मेवारी पुरा गरेकाछौं । यस अवधिमा हामीले सडक, खानेपानी ,शिक्षा , स्वास्थ, पर्यटन, कृषि, पशुविकास ,मानव संसाधन लागाएतका क्षेत्रहरुमा संझना योग्य कार्यक्रमहरु सम्पन्न गरेकाछौं ।
– हाम्रो कार्यकालको अन्त्य सम्मा वा कार्यकाल समापन पश्चात पनि यसै भूमिमा बसी यसै पालिका र पालिका भित्रका जनताहरु हितमा हामी सक्रिय भैनै रहनेछौं ।
– सभाअध्यक्ष महोदय अन्तमा यो नीति कार्यक्रम तथा बजेट तयारीमा अहोरात्र खट्नुहुने सबै जनप्रतिनिधिज्यूहरु, कर्मचारी मित्रहरु प्रत्यक्ष वा अप्रतक्षरुपमा सहयोग गर्नुहुने राजनैतिक दलका प्रमुख, नीजि क्षेत्रका प्रतिनिधि, संचारकर्मी मित्रहरु, स्थानीय नागरिक समाज तथा बुद्धिजीवी मित्रहरु,पूर्व जनप्रतिनिधिज्यूहरु , सुरक्षकर्मी लागाएत सबै तह र निकायका व्यक्तित्वहरुकालाई धन्यवाद तथा आभार व्यक्त गर्दछु ।

धन्यवाद,
जय रुन्टीगढी



प्रतिक्रिया दिनुहोस !