एमाले ११ औँ महाधिवेशन : मूल व्यवस्थापन समितिको तयारी तीब्र
दाङ (देउखुरी) । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीको मूल व्यवस्थापन समिती अन्तिम चरणका तयारीलाई समन्वय गर्न च्यासलस्थित केन्द्रिय कार्यालयमा बैठक बसिरहेको छ ।
महाधिवेशन सुरु हुन केवल दुई दिन बाकी रहँदा समितीले अबसम्मका कार्य–प्रगतिसँगै बाँकी कर्तव्यलाई सूक्ष्म रूपमा पुनरावलोकन गर्न थालेको छ ।
आजको बैठकमा विशेषगरी जनपरिचालन रणनीति, सहभागीहरूको व्यवस्थापन, कार्यक्रम स्थलको सुरक्षा तथा प्रोटोकल, अतिथि अभ्यर्थना, मञ्च र प्रकाश व्यवस्थासहितका १४ वटा उपसमितिहरूको कार्य–अवस्था क्रमशः प्रस्तुत गरिँदै छ ।
प्रत्येक संयोजकले आफ्नो क्षेत्रका उपलब्धि, चुनौती र समाधान योजनाबारे मूल समितिलाई विस्तृत ब्रिफिङ दिनेछन् । महाधिवेशनलाई संगठित, प्रभावकारी र अनुशासित रूपमा सम्पन्न गर्न पार्टीले संस्थागत क्षमतादेखि भौतिक तयारीसम्मलाई उच्च प्राथमिकतामा राखेको छ ।
यसै सन्दर्भमा मूल व्यवस्थापन समितीले उपसमितिहरूबीचको समन्वय, कार्य विभाजनको स्पष्टता र तत्काल आवश्यक सुधारहरू बारे पनि छलफल गरिरहेको बताइएको छ ।
पार्टी स्रोतका अनुसार, नेतृत्व परिवर्तनदेखि नीति–दस्तावेज तयारीसम्मका सबै विषयलाई सुचारु बनाउन महाधिवेशनका पूर्वसन्ध्यामा हुने यी बैठकहरू निर्णायक मानिएका छन् ।








