२७ मंसिर २०८२, शनिबार

जीप दुर्घटना हुँदा पाल्पामा चार जनाकाे मृत्यु

प्रकाशित मिति :  13 December, 2025 8:16 am


बुटवल । पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा भएको जीप दुर्घटनाबाट चार जनाको मृत्यु भएकाे छ । रामपुर–मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, मित्यालको च्युरीबास नजिकै एकलफोक्सिङ भन्ने स्थानमा लु १ ज ३९०८ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएकाे छ

दुर्घटनामा परी निस्दी–४, मित्याल ठोक्सिङबासकी ४५ वर्षिया ओमकुमारी खाम्चा, निस्दी–७, ज्यामिरे हुवासकी ३६ वर्षिया हेमकुमारी सारु र नवलपुर मध्यविन्दु–१३ की ३१ वर्षिया बुद्धिमाया विकको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै उपचारका क्रममा नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षिय सुन्दर विकको मृत्यु भएको छ ।

दुर्घटनामा आठ जना घाइते भएका थिए । तीमध्ये निस्दी–४, मित्याल लामेदमारका ७३ वर्षिय नरबहादुर सुनारी, ७२ वर्षिया भूमीसरा सुनारी, २८ वर्षिया मिनाकुमारी सुनारी, १० वर्षिय लविस सुनार र ५ वर्षिया प्रिन्सा सुनार घाइते भएका छन् ।

घाइतेहरुकाे विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ९ वर्षिय नवराज खाम्चा र ५ वर्षीय सालिन खाम्चा भने उपचारपछि घर फर्किएका छन् । दुर्घटनास्थल सदरमुकाम तानसेनदेखि करिब ७५ किलोमिटर टाढा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !