२८ मंसिर २०८२, आइतबार

श्रीपाली बस्न्यात समाज नेपालको छैटौं साधारण सभा सम्पन्न, ११ सदस्यीय नयाँ कार्यसमिति चयन

प्रकाशित मिति :  14 December, 2025 10:02 am


काठमाडाैँ । श्रीपाली बस्न्यात समाज नेपालले शनिवार आफ्नो छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभाले थमन बहादुर बस्न्यातको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

नवगठित कार्यसमितिमा संयोजकका रूपमा बागलुङका थमन बहादुर बस्न्यात चयन भएका छन्। कार्यसमिति सदस्यहरूमा काठमाडौंका सुरेश कुमार बस्न्यात, स. रथी शेखर मान सिंह बस्न्यात (अ. प्रा.), लक्ष्मी बस्न्यात, डा. सरोज बस्न्यात र डिल्लीमान बस्न्यात रहेका छन्। त्यस्तै गोरखाबाट इमान सिंह बस्न्यात, रामशरण बस्न्यात र विनोद बस्न्यात चयन भएका छन् भने धनुषाबाट कुलदीप बस्न्यात र संखुवासभाबाट दुर्योधन बस्न्यात सदस्य बनेका छन्।

सभाले संगठनलाई थप सशक्त बनाउँदै भावी दिनमा सामाजिक, सांस्कृतिक तथा एकतामूलक गतिविधिहरूलाई प्रभावकारी रूपमा अघि बढाउने लक्ष्यसहित नयाँ नेतृत्व चयन गरेको हो।

साधारण सभामा बोल्ने वक्ताहरूले समाजभित्रको एकता मजबुत बनाउँदै पहिचान संरक्षण र सामाजिक उत्तरदायित्वमा केन्द्रित कार्यक्रम आवश्यक रहेको बताएका थिए। समाजले आगामी दिनमा विविध सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।



प्रतिक्रिया दिनुहोस !