२९ मंसिर २०८२, सोमबार

महाधिवेशन र उम्मेदवार टुंग्याउन कांग्रेसको आकस्मिक बैठक

प्रकाशित मिति :  15 December, 2025 8:06 am


काठमाडाैँ । नेपाली कांग्रेसले आगामी राजनीतिक तथा चुनावी चुनौतीलाई ध्यानमा राख्दै आकस्मिक रूपमा केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ। बैठक सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी मुख्यालयमा बस्नेछ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिलाई सहभागी हुन आह्वान गरिएको छ । प्रदेश नेतृत्वसम्मलाई एकैसाथ बोलाइनुले पार्टीभित्रको निर्णय प्रक्रियालाई केन्द्रित र एकरूप बनाउने प्रयासका रूपमा हेरिएको छ।

बैठकको मुख्य एजेन्डामा महाधिवेशनको तालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभा चुनावका लागि जिल्लाबाट आएका उम्मेदवार सिफारिस, तथा समसामयिक राजनीतिक विषय रहने बताइएको छ ।

यसले कांग्रेस नेतृत्व चुनावी तयारीलाई तीव्र बनाउने र संगठनात्मक असमञ्जस चाँडै टुंग्याउने रणनीतिमा लागेको संकेत दिएको छ ।

पार्टी स्रोतका अनुसार उम्मेदवार सिफारिसका विषयमा देखिएका अन्तरविरोध र असन्तुष्टि व्यवस्थापन बैठकको महत्वपूर्ण पक्ष हुने अपेक्षा गरिएको छ। साथै, महाधिवेशनको समय र कार्यदिशाबारे स्पष्टता दिन बैठक निर्णायक हुन सक्ने आँकलन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !