१ पुस २०८२, मंगलबार

एमाले महाधिवेशन : लुम्बिनीबाट पाँच पदाधिकारीसहित ५० भन्दा बढी उम्मेदवार मैदानमा

प्रकाशित मिति :  16 December, 2025 9:38 am


दाङ । नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज हुन गइरहेको मतदानमा लुम्बिनी प्रदेशबाट पाँच पदाधिकारीसहित ५० भन्दा बढी नेताहरूले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

लुम्बिनी प्रदेशको उल्लेख्य सहभागिताले यस महाधिवेशनमा प्रदेशको प्रभावशाली उपस्थिति देखाएको छ । पदाधिकारीतर्फ लुम्बिनीबाट उपाध्यक्ष पदमा विष्णुप्रसाद पौडेल र गोकर्ण विष्ट उम्मेदवार बनेका छन् भने महासचिव पदमा शङ्कर पोखरेलले उम्मेदवारी दिएका छन् । यस्तै सचिव पदमा छविलाल विश्वकर्मा र बैजनाथ चौधरी उम्मेदवार रहेका छन् ।

केन्द्रीय सदस्य (भूगोल) तर्फ लुम्बिनीबाट १२ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरूमा खड्कबहादुर खड्का, गणेश खनाल, गोपाल राना, घनश्याम पाण्डे, देवराज भार, नन्दलाल शर्मा, नारायणप्रसाद आचार्य, भूमिश्वर ढकाल, राजु गुरुङ, वासुदेव घिमिरे, विष्णुप्रसाद पन्थी र शान्तकुमार ओली रहेका छन् ।

समावेशी तर्फ आदिवासी जनजाति समूहबाट गोकुल घर्ती, दलित समूहबाट जगतबहादुर नेपाली र बमहादुर बिक उम्मेदवार बनेका छन् । थारु खुलातर्फ नरुलाल चौधरी र कृष्णी थारु तथा थारु महिलातर्फ शान्ता चौधरीको उम्मेदवारी परेको छ ।

खुला केन्द्रीय सदस्य पदमा जीवन गौतम, खेममान खड्का, दधिराम न्यौपाने, खिमलाल भट्टराई, सूर्यबहादुर थापा क्षेत्री, चेतनारायण आचार्य, बलराम अधिकारी, सूर्य ढकाल, भागवत विश्वकर्मा, बालसिंह काउचा, शिवराज सुवेदी उम्मेदवार छन् ।

खुला केन्द्रीय सदस्य (महिला) तर्फ कोमल ओली, शोभा ज्ञवाली, सरिता भुसाल, सरिता भुसाल खनाल, बिमला अर्याल, लक्ष्मी केसी, ज्ञानु केसी, बिना ज्ञवाली, बिमला बिक, बसन्ती अधिकारी, आरती पौडेल र सिता सिग्देल न्यौपाने उम्मेदवार बनेका छन् ।

यस्तै राजधानी विशेष क्षेत्रबाट सुजिता शाक्य, अनुशासन आयोगमा सरस्वती गौतम, लेखा आयोगमा विजया धिताल र मुस्लिम कोटाबाट मोहम्मद हारुन हलवाईको उम्मेदवारी परेको छ ।

पाँचजना सर्वसम्मत निर्वाचित

यसैबीच लुम्बिनी भूगोल महिलातर्फ मेनका पोखरेल, शान्ती ढकाल र गुमादेवी आचार्य सर्वसम्मत चयन भएका छन् । केन्द्रीय सदस्य समावेशी मुस्लिम महिलातर्फ साजिदा खातुन सिद्धिकी र लुम्बिनी भूगाेल युवातर्फ लिलामणि गाैतम सर्वसम्मत निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !