केन्द्रीय कमिटी खुला सदस्यको उम्मेदवारी फिर्ता : ओली नेतृत्वको टिमलाई मतदान गर्न अपिल
प्रकाशित मिति : 16 December, 2025 2:15 pm
काठमाडौँ । नेकपा (एमाले) को आसन्न एघारौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी खुला सदस्य पदमा उम्मेदवारी दिएका एक नेताले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।
प्राविधिक कारणवश समयमा औपचारिक रूपमा उम्मेदवारी फिर्ता गर्न नसकिए पनि आफूले स्वेच्छाले उम्मेदवारी फिर्ता लिएको जानकारी गराइएको हो ।
उक्त नेताले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै पार्टी एकता, नीति र संगठनलाई मजबुत बनाउन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेका सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई मतदान गर्न हार्दिक अपिल गरेका हुन् ।
पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने उद्देश्यले यस्तो निर्णय लिएको उल्लेख गर्दै उनले महाधिवेशन सफलताका लागि सबै प्रतिनिधिहरूको जिम्मेवार भूमिका आवश्यक रहेको बताए ।








