नेतृत्वमा लुम्बिनीको बलियो उपस्थिति : चार पदाधिकारीसहित ४५ केन्द्रीय कमिटिमा निर्वाचित
दाङ (देउखुरी) । नेकपा (एमाले) को एघारौँ महाधिवेशनबाट लुम्बिनी प्रदेशले पार्टीको नेतृत्व तहमा उल्लेखनीय उपस्थिति जनाएको छ । चार पदाधिकारीसहित विभिन्न समावेशी र खुला कोटाबाट ४१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
महाधिवेशनबाट उपाध्यक्ष पदमा विष्णुप्रसाद पौडेल र गोकर्ण विष्ट निर्वाचित भएका छन् भने महासचिव पदमा शङ्कर पोखरेल र सचिव पदमा छविलाल विश्वकर्मा निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्य (भूगोल) तर्फ लुम्बिनी प्रदेशबाट खड्कबहादुर खड्का, गोपाल राना, घनश्याम पाण्डे, नारायणप्रसाद आचार्य र भूमिश्वर ढकाल विजयी भएका छन् ।
यसैगरी लुम्बिनी भूगोल महिलातर्फ मेनका पोखरेल, शान्ती ढकाल र गुमादेवी आचार्य सर्वसम्मत निर्वाचित भएका छन् ।समावेशी समूहअन्तर्गत मुस्लिम महिलातर्फ साजिदा खातुन सिद्धिकी तथा लुम्बिनी भूगोल युवातर्फ लिलामणि गौतम सर्वसम्मत निर्वाचित भएका छन् ।
थारु खुलातर्फ नरुलाल चौधरी र कृष्णी थारु तथा थारु महिलातर्फ शान्ता चौधरी निर्वाचित भएका छन् । खुला केन्द्रीय सदस्य पदमा जीवन गौतम, खेममान खड्का, दधिराम न्यौपाने, खिमलाल भट्टराई, गिरिधारीलाल न्यौपाने, सूर्यबहादुर थापा क्षेत्री, चेतनारायण आचार्य, ठाकुर गैरे, प्रदीप ज्ञवाली, बलराम अधिकारी, रामकुमारी झाँक्री र सूर्य ढकाल निर्वाचित भएका छन् ।
त्यस्तै खुला केन्द्रीय सदस्य (महिला) तर्फ कोमल ओली, शोभा ज्ञवाली, सरिता भुसाल, सरिता भुसाल खनाल, बिमला अर्याल, लक्ष्मी क्षेत्री, ज्ञानु केसी, बिना ज्ञवाली, बिमला बिक, बसन्ती अधिकारी, आरती पौडेल र सिता सिग्देल न्यौपाने निर्वाचित भएका छन् ।
यसबाहेक राजधानी विशेष क्षेत्रबाट सुजिता शाक्य, लेखा आयोग सदस्यमा विजया धिताल र रेवतीरमण शर्मा तथा मुस्लिम कोटाबाट मोहम्मद हारुन हलवाई निर्वाचित भएका छन् ।
महाधिवेशनको नतिजासँगै एमालेको केन्द्रीय नेतृत्व संरचनामा लुम्बिनी प्रदेशको प्रभावकारी, समावेशी र सन्तुलित प्रतिनिधित्व सुनिश्चित भएको नेताहरूले बताएका छन् ।








