८ पुस २०८२, मंगलबार

त्रिभुवननगर जेसीजका अध्यक्ष टंक रावत अनन्त उत्कृष्ट शाखा अध्यक्षबाट सम्मानित

प्रकाशित मिति :  23 December, 2025 5:40 pm


दाङ । त्रिभुवननगर जेसीजका अध्यक्ष टंक रावत अनन्त नेपाल जेसीजको ५२औँ राष्ट्रिय महाधिवेशनबाट उत्कृष्ट शाखा अध्यक्षको रूपमा सम्मानित भएका छन् ।

जनकपुर जेसीजको आतिथ्यतामा जनकपुरधाममा सम्पन्न महाधिवेशनका क्रममा अध्यक्ष रावतलाई नेपाल जेसीज क्षेत्र ‘घ’ अन्तर्गत उत्कृष्ट शाखा अध्यक्ष चयन गर्दै सम्मान प्रदान गरिएको हो । उक्त सम्मान नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय अध्यक्ष रजनी थापाले प्रदान गरेकी छिन् ।

संगठन सुदृढीकरण, नेतृत्व विकास, युवा सशक्तिकरण तथा समुदाय केन्द्रित कार्यक्रमहरूमा अध्यक्ष रावतले खेलेको सक्रिय भूमिका र प्रभावकारी नेतृत्वको उच्च मूल्याङ्कन गर्दै उनलाई यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

यसैगरी, सोही महाधिवेशनमा त्रिभुवननगर जेसीजले संगठनभित्र युवाहरूको नेतृत्व क्षमता अभिवृद्धि र सहभागिता विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै युवा सशक्तिकरण प्रशंसा पुरस्कार अन्तर्गत ३ थान गोल्ड अवार्ड प्राप्त गर्न सफल भएको छ।

उक्त उपलब्धिले त्रिभुवननगर जेसीजको संस्थागत क्षमता, टिमवर्क र दीर्घकालीन प्रभावकारी कार्यशैलीलाई राष्ट्रिय स्तरमा पुनः स्थापित गरेको आयोजकको भनाइ छ।

सम्मानपछि प्रतिक्रिया दिँदै अध्यक्ष टंक रावत अनन्तले यस उपलब्धिलाई त्रिभुवननगर जेसीज परिवारको सामुहिक मिहिनेत, विश्वास र एकताको परिणाम भएको बताउँदै सबै सदस्य, मार्गदर्शक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !