प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पाबाट प्रचण्डकाे नाम सिफारिस
प्रकाशित मिति : 25 December, 2025 8:17 pm
रोल्पा । नेपाली कम्युनिस्ट पार्टी रोल्पाको बिहीबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।
बैठकको निर्णयअनुसार प्रत्यक्षतर्फ पुष्पकमल दाहाल, वर्षमान पुन, कुलप्रसाद केसी, जयपुरी घर्ती र दिपक रोकालाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
त्यस्तै समानुपातिकतर्फ खस–आर्य समूहबाट कृष्णबहादुर महरा, महिला जनजातितर्फ पवित्रा घर्ती, महिला दलित युवातर्फ गीता नेपाली तथा शहीद परिवारतर्फ बाबुलाल पुनलाई सिफारिस गरिएको पार्टीले जनाएको छ।
पार्टीका अनुसार संगठनात्मक अवस्था, स्थानीय समर्थन र निर्वाचन रणनीतिलाई ध्यानमा राख्दै उम्मेदवार सिफारिस गरिएको हो। सिफारिस सूची अब केन्द्रमा पठाइने बताइएको छ।








