पूर्वसभामुख महरा रोल्पाबाट समानुपातिकतर्फ एक नम्बरमा सिफारिस
प्रकाशित मिति : 26 December, 2025 9:21 am
रोल्पा । रोल्पाबाट पूर्वसभामुख कृष्णमहादुर महराको नाम समानुपातितर्फ एक नम्बरमा सिफारिस भएको छ ।
नेपाली कम्युनिस्ट पार्टी रोल्पाको बिहीबार बसेको बैठकले प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फ एक नम्बरमा सिफारिस गरेको हो । खस–आर्य समूहबाट महरालाई महरा समानुपातिकतर्फ एक नम्बरमा सिफारिस गरिएको हो ।
यस्तै महिला जनजातितर्फ पवित्रा घर्ती, महिला दलित युवातर्फ गीता नेपाली तथा शहीद परिवारतर्फ बाबुलाल पुनलाई सिफारिस गरिएको नेकपाले जनाएको छ ।
प्रत्यक्षतर्फ भने एक नम्बरमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, वर्षमान पुन, कुलप्रसाद केसी, जयपुरी घर्ती र दिपक रोकालाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।
पार्टीका अनुसार सङ्गठनात्मक अवस्था, स्थानीय समर्थन र निर्वाचन रणनीतिलाई ध्यानमा राख्दै उम्मेदवार सिफारिस गरिएको छ ।




