१ चैत्र २०८२, आइतबार

प्रतिनिधिसभा निर्वाचनका लागि प्यूठानबाट लिलामणि पोखरेल एक नम्बरमा सिफारिस

प्रकाशित मिति :  26 December, 2025 5:01 pm


दाङ (देउखुरी) । नेपाली कम्युनिस्ट पार्टी प्युठानले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका उम्मेदवार सिफारिस गरेको छ ।

शुक्रबार बसेकाे जिल्ला कमिटी बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ लिलामणि पोख्रेल, कृष्णध्वज खड्का, डा. भोजबिक्रम बुढा, मिलन एम.सी., अर्जुनकुमार कक्षपति, उमाराम पौडेल र जेन्जी समूहबाट प्रेमबहादुर विश्वकर्मालाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

त्यस्तै समानुपातिकतर्फ सरस्वती न्यौपाने, उमा शर्मा, माया वि.क., इमानसिंह भारती, खेम सुनार, हेमन्त खाम्चा मगर, ओविराम विक, मोहन परियार र फत्तेमान परियारको नाम सिफारिस गरिएको छ ।

पार्टी स्रोतका अनुसार जिल्लाबाट सिफारिस गरिएका उम्मेदवारहरूको नाम प्रदेश तथा केन्द्रीय तहमा पठाइनेछ र त्यहाँबाट आवश्यक छलफलपछि अन्तिम निर्णय लिइनेछ ।

आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले जनसम्पर्क अभियान विस्तार गर्ने र संगठनात्मक गतिविधि थप सक्रिय बनाउने निर्णयसमेत गरेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस !