१२ पुस २०८२, शनिबार

प्रहरी हस्तक्षेपको विरोधमा नेकपा (माओवादी) को देशव्यापी संघर्ष घोषणा

प्रकाशित मिति :  27 December, 2025 3:06 pm


दाङ (देउखुरी) । नेकपा (माओवादी) ले केन्द्रीय कम्युनमा भएको प्रहरी हस्तक्षेप र अपरेशनको विरोधमा देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

पार्टीले राज्यद्वारा गरिएको दमन अस्वीकार्य भएको जनाउँदै चरणबद्ध आन्दोलनमार्फत प्रतिवाद गर्ने निर्णय सार्वजनिक गरेको हो ।

घोषित कार्यक्रमअनुसार २०८२ पुस १२ गते बेलुकी ६ बजे देशभर मशाल जुलुश निकालिनेछ। त्यसपछि पुस १३ गते दिउँसो २ बजे विभिन्न स्थानमा कोणसभा आयोजना गरिनेछ ।

आन्दोलनलाई थप सशक्त बनाउँदै पुस १४ गते दिउँसो २ बजे विरोध प्रदर्शन गर्ने कार्यतालिका तय गरिएको छ। साथै, पुस १५ गते दिउँसो १ बजे काठमाडौँ मा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने पार्टीले जनाएको छ।

पार्टीका अनुसार शान्तिपूर्ण राजनीतिक गतिविधिमाथि गरिएको हस्तक्षेपले लोकतान्त्रिक अधिकार कुण्ठित भएको छ। त्यसको प्रतिवादस्वरूप जनस्तरबाट दबाब सिर्जना गर्ने उद्देश्यले आन्दोलनका कार्यक्रम तय गरिएको जनाइएको छ। पार्टीले सबै समर्थक र आम नागरिकलाई निर्धारित कार्यक्रमहरूमा सहभागिता जनाउन आह्वान गरेको छ।



प्रतिक्रिया दिनुहोस !