१४ पुस २०८२, सोमबार

नेकपा (माओबादी) गङ्गादेवले पालिकालाई बुझायो २० बुँदे ज्ञापनपत्र

प्रकाशित मिति :  29 December, 2025 10:55 am


रोल्पा । नेकपा (माओबादी) गङ्गादेव रोल्पाले गङ्गादेव गाउँपालिकालाई २० बुँदे ज्ञापनपत्र बुझाएको छ ।

स्थानीय तहमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सुशासनमा देखिएका समस्याहरूको समाधान गर्न सर्बपक्षीय सम्मेलनको माग गर्दै आइतबार पालिका प्रमुख हरि बहादुर पुनलाई नेकपा माओवादील ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझ्दै अध्यक्ष पुनले तत्काल शिक्षकहरू संग छलफल गर्ने र अन्य बिषयमा पनि सवैपक्षहरुसंग छलफल गर्ने बताएका छन् ।

गङ्गादेवमा देखिएका समस्या समाधानका लागि सर्बदलीय तथा सर्बपक्षीय छलफलको आवस्यकता सबै पक्षबाट अपेक्षा गरिएको बिषय भएकोले ज्ञापन पत्रमा सर्वपक्षीय छलफललाई बिशेष जोड दिएको नेकपा (माओबादी) गङ्गादेव गाउँकमिटीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !