१५ पुस २०८२, मंगलबार

एफसी चितवन अध्यक्ष सचिन ढकाल रास्वपाको समानुपातिक सूचीमा परे

प्रकाशित मिति :  30 December, 2025 12:16 pm


काठमाडाैँ । फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकाल रास्वपाको समानुपातिक सूचीमा परेका छन्।

खेलकूद, पर्यटन तथा हस्पिटालिटी व्यवसायमा सक्रिय ढकाल युवा क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्।

युवा समाजसेवी सचिन ढकाल बालेन साहको कोटाबाट समानुपातिक सूचीमा परेका हुन् र उनको नाम खस आर्य समूहको २ नम्बर सूचीमा रहेको छ। पछिल्लो समय हस्पिटालिटी क्षेत्रमा पनि सक्रिय ढकालले इला कम्फर्ट होटलहरूको सफल सञ्चालन गर्दै आएका छन्।

उनको समाजसेवी र व्यवसायिक योगदानले स्थानीय युवामाझ समेत ठुलो प्रभाव पारिरहेको छ।



प्रतिक्रिया दिनुहोस !