चिसाेका कारण घोराही उपमहानगरभित्रका विद्यालय तीन दिन बन्द हुने
प्रकाशित मिति : 30 December, 2025 7:33 pm
दाङ । घोराही उपमहानगरपालिकाभित्रका विद्यालयहरूमा जाडाे विदा हुने भएका छन् । उपमहानगरपालिकाले आज सूचना जारी गर्दै केही दिनयता अत्यधिक रूपमा बढेको चिसोका कारण पुस १६ गतेदेखि १८ गतेसम्म तीन दिन सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
सूचनाअनुसार पछिल्ला दिनहरूमा तापक्रम अत्यधिक घट्दा विद्यार्थीहरूमा रुघाखोकी, ज्वरोलगायतका स्वास्थ्य समस्या देखिन थालेपछि सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । उपमहानगरपालिकाले अभिभावक र विद्यालय प्रशासनलाई आवश्यक स्वास्थ्य सावधानी अपनाउन समेत आग्रह गरेको छ।









