चिसाेका कारण घोराही र राप्तीका विद्यालय तीन दिन बन्द हुने
प्रकाशित मिति : 30 December, 2025 7:33 pm
लक्ष्मी पाेखरेल,
देउखुरी । अत्याधिक चिसो बढ्दै गएसँगै दाङकाे घाेराही उपमहानगरपालिका र राप्ती गाउँपालिकाभित्रका विद्यालयमा आजदेखि जाडाे बिदा हुने भएकाे छ ।
दुवै पालिकाले सूचना जारी गर्दै आज पुस १६ गते बुधबारदेखि १८ गते शुक्रबारसम्म विद्यालयहरूमा पठनपाठन स्थगित गरेको जनाएका छन् ।
सूचनाअनुसार पछिल्ला दिनहरूमा तापक्रम अत्यधिक घट्दा विद्यार्थीहरूमा रुघाखोकी, ज्वरोलगायतका स्वास्थ्य समस्या देखिन थालेपछि सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । पालिकाले अभिभावक र विद्यालय प्रशासनलाई आवश्यक स्वास्थ्य सावधानी अपनाउन समेत आग्रह गरेका छन् ।










