२१ पुस २०८२, सोमबार

रोल्पाको सुनछहरीमा राष्ट्रपति रनिङ सिल्डमा भाग लिएर फर्किएका विद्यार्थी बोकेको जीप र्दुघटना,२ जनाको मृत्यु

प्रकाशित मिति :  4 January, 2026 7:05 am


रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्डमा भाग लिएर फर्किएका विद्यार्थी बोकेको जीप र्दुघटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सेरममा भएको रनिङ सिल्डमा भाग लिएर फर्कदै गरेका विद्यार्थी बाेकेर सिउरी जाँदै गरेको जीप दुर्घटना भएको हो । हिजाे बेलुकी साढे ९ बजेतिर दुर्घटना हुँदा २ जना विद्यार्थीको मृत्यु भएको र ९ जना घाइते भएका सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए ।

घाइते विद्यार्थीलाई बुटवल रिफर गरिएको छ । जनसेवा मावि सेरममा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितमा भाग लिएर नेपाल राष्ट्रिय मा.वि. सिउरीका विद्यार्थी घर फर्किदै थिए ।

प्रतियोगितमा नेपाल राष्ट्रिय मा.वि. ६ स्वण, २ रजत र ५ कास्यसहित कुल १३ पदकसहित दोस्रो भएको थियो । खुशीयाली मनाएको केही घन्टामै खेलडीसहित विद्यार्थी चढेको जीप दुर्घटना भएको हो ।



प्रतिक्रिया दिनुहोस !