भीमफेदीमा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु
प्रकाशित मिति : 4 January, 2026 8:18 pm
हेटौँडा । काठमाडौँ वैकल्पिक राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ना १ ज १७७८ नम्बरको टाटा सुमो सडकबाट करिब एक सय मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो । सुमोमा सवार ६ पुरुष, १ महिला, १ बालिका र १ बालक गरी ९ जना यात्रारत थिए । दुर्घटनामा गम्भीर घाइते भएका ७ जनामध्ये उपचारका क्रममा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी घाइतेहरूलाई हेटौँडा ल्याइएको थियो । हाल मृतकहरूको नाम खुल्न सकेको छैन । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।








