२४ पुस २०८२, बिहिबार

राष्ट्रियसभा निर्वाचन : एमालेले टुङ्गाे लगायाे उम्मेदवार, मधेश टुङ्गाे लाग्न बाँकी

प्रकाशित मिति :  7 January, 2026 9:15 am


काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले अधिकांश प्रदेशमा उम्मेदवार टुंगो लगाएको छ ।

नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपाल सँगको चुनावी तालमेलको आधारमा एमालेको भागमा परेको ७ सिटमध्ये ६ सिटका लागि उम्मेदवार तय भएका हुन् ।

एमालेले कोशी प्रदेशबाट रोशनी मेचेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बागमती प्रदेशमा डा. प्रेमकुमार दङ्गाललाई अघि सारिएको छ भने गण्डकी प्रदेशबाट सम्झना देवकोटाले राष्ट्रियसभाको उम्मेदवारी पाएकी छन् ।

त्यसैगरी, लुम्बिनी प्रदेशमा पूर्व मन्त्री रामकुमारी झाँक्री, कर्णाली प्रदेशमा मीना रखाल र सुदूरपश्चिम प्रदेशमा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाइएको एमाले स्रोतले जनाएको छ ।

आज राष्ट्रियसभाका उम्मेदवारको मनोनयन दर्ता तालिका रहेको छ । यद्यपि, मधेश प्रदेशतर्फको उम्मेदवार भने अझै अन्तिम टुंगोमा पुग्न नसकेको जनाइएको छ । गठबन्धनभित्र अन्तिम छलफलपछि मधेशको नाम सार्वजनिक गरिने एमाले नेताहरूले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !