२४ पुस २०८२, बिहिबार

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा नेपाली कम्युनिस्ट पार्टीले गर्याे उम्मेदवारी दर्ता

प्रकाशित मिति :  7 January, 2026 3:46 pm


दाङ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट विभिन्न क्लस्टरमा उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । लुम्बिनी प्रदेशमा रिक्त अपांगता, अन्य तथा महिला क्लस्टरमा पार्टीले उम्मेदवारी दर्ता गरेकाे हाे ।

अपांगता क्लस्टरतर्फ बाँके बैजनाथ–५ निवासी सर्जन बिकले मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा प्रदेश सभा सदस्य दिपेन्द्र घर्ती रहेका छन् भने समर्थकमा प्रदेश सभा सदस्य दिलकुमारी बुढा रहेकी छन् ।

यस्तै, अन्य क्लस्टरतर्फ रुपन्देहीकी बृहस्पति अधिकारीले मनोनयन दर्ता गराएकी छिन् । उनको प्रस्तावकमा प्रदेश सभा सदस्य यमबहादुर नेपाली रहेका छन् भने समर्थकमा प्रदेश सभा सदस्य मीना बुढा रहेकी छन् ।

महिला क्लस्टरतर्फ पाल्पाकी दुर्गा भण्डारीले मनोनयन दर्ता गरेकी छन् । उनको प्रस्तावकमा इन्द्रजीत चौधरी रहेका छन् भने समर्थकमा गढवा गाउँपालिकाका अध्यक्ष यमप्रसाद शर्मा विश्वास रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !