२ माघ २०८२, शुक्रबार

माघ पर्वको अवसरमा लुम्बिनी प्रदेशभर आज सार्वजनिक बिदा

प्रकाशित मिति :  16 January, 2026 7:20 am


दाङ । माघे संक्रान्ती तथा थारु समुदायको प्रमुख सांस्कृतिक पर्व ‘माघ’को अवसरमा आज लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।

प्रदेशको सामाजिक–सांस्कृतिक पहिचान र परम्पराको सम्मानस्वरूप लुम्बिनी प्रदेश सरकार ले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको हो ।

प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सूचनाअनुसार आज प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था र शैक्षिक निकायहरूमा बिदा लागू भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारका अनुसार माघे संक्रान्ती र माघ पर्वलाई लक्षित गर्दै प्रदेशभर एकरूपता कायम हुने गरी बिदा दिइएको हो ।

थारु समुदायका लागि माघ पर्व नयाँ वर्ष, पारिवारिक मिलन र सामाजिक पुनर्मिलनको प्रतीक मानिन्छ । यस अवसरमा लुम्बिनीका विभिन्न जिल्लामा सांस्कृतिक कार्यक्रम, परम्परागत खानपान र सामूहिक उत्सवहरू आयोजना भइरहेका छन् । प्रदेश सरकारले बिदा दिँदा सांस्कृतिक विविधताको संरक्षणसँगै समुदायबीच सद्भाव सुदृढ हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !