४ माघ २०८२, आइतबार

महासचिव शङ्कर पोखरेल चुनाव लड्ने भनिएको दाङ क्षेत्र नम्बर–२ एमालेले किन राख्यो खाली

प्रकाशित मिति :  18 January, 2026 10:58 am


काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेल चुनाव लड्ने भनिएको दाङ क्षेत्र नम्बर-२ खाली राखिएको छ ।

नेकपा एमाले सचिवालय बैठकले दाङ २ लाई खाली राखेर उम्मेदवार टुङ्ल्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

नेकपा एमालेले अधिकांश शीर्ष नेताको उम्मेदवार सिफारिस गरे पनि महासचिव शंकर पोखरेलको उम्मेदारी तय भएको छैन ।एमालेले दाङ क्षेत्र नम्बर १ पनि खाली राखेको छ ।

पार्टीकाे अन्य क्षेत्रकाे उम्मेदवारी मिलाउने कारण देखाउँदै अध्यक्ष ओलीले महासचिव शङ्कर पाेखरेलकाे दाङ क्षेत्र नम्बर २ सहित देशका विभिन्न क्षेत्रलाई हाेल्ड गरेकाे बुझिएकाे छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि दाङ ३ मा भने घनश्याम पाण्डे उम्मेदवार बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !