४ माघ २०८२, आइतबार

छनौट गरेको क्षेत्र नपाएपछि दुई ठाउँबाट सिफारिस भएका नेकपाका नेता केसी असन्तुष्ट

प्रकाशित मिति :  18 January, 2026 4:42 pm


दाङ । दुई ठाउँबाट सिफारिस भएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी अन्योलमा परेका छन् ।

रोल्पा र दाङ क्षेत्र नम्बर-१ बाट सिफारिसमा परेका केसीको ठाउँमा अरुले नै टिकट पाएपछि असन्तुष्ट समेत बनेका छन् ।

केसीले दाङ क्षेत्र नम्बर १ बाट चुनाव लड्न चाहेका थिए । लुम्बिनी प्रदेशको राजधानी देउखुरी रहेको क्षेत्र नम्बर १ मा उनको राम्रो पकड रहेको नेताकार्यकर्ताको दाबी छ ।

नेकपाले भने नेकपा (एस)बाट आएका मेटमणि चौधरीलाई टिकट दिएको छ ।

टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने गरेर केसी आन्तरिक छलफलमा रहेको उनी निकट स्रोतहरूले उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !