प्रवासी नेपाली कलाकारको ‘ठिक छैन पारा’ गीत सार्वजनिक, स्राेतामाझ उत्साहपूर्ण प्रतिक्रिया
प्रकाशित मिति : 20 January, 2026 1:51 pm
काठमाडौँ | पोर्चुगलमा बसोबास गरिरहेका नेपाली सर्जक बिप्लप खड्काको नयाँ गीत ‘ठिक छैन पारा’ सार्वजनिक भएको छ। विदेशमै रहेर पनि नेपाली स्राेतामाझ मायाको कोसेली पुर्याउने प्रयासस्वरूप तयार गरिएको यो गीतले संगीतप्रेमीहरूबीच उत्साहजनक प्रतिक्रिया पाएको छ।
गीतका शब्द तथा संगीत राबिन भुशालले तयार पारेका हुन् भने विशाल निरौलाले एरेञ्ज गरेका छन्।
गीतमा बिप्लप खड्काको पुरुष स्वर र रोज उप्रेतीको महिला स्वर रहेका छन्न | पोर्चुगलमै रेकर्ड गरिएको यो गीतले नेपाली सांगीतिक दुनियाँमा प्रवासी कलाकारहरूको सक्रियता र सिर्जनात्मक योगदानलाई झल्काएको छ।
सुरूमै दर्शक –स्राेतामाझ गीतले भावुकता र आशालाग्दो माहोल सिर्जना गरेको रिपोर्ट गरिएको छ।








