१८ माघ २०८२, आइतबार

बालेन्द्र साहको निर्वाचन प्रचार अभियानमा सहभागी सञ्चारकर्मी सिटौलाको निधन

प्रकाशित मिति :  1 February, 2026 2:26 pm


काठमाडाैँ । नेपाल चलचित्र पत्रकार संघका निःवर्तमान अध्यक्ष तथा सञ्चारकर्मी दिनेश सिटौलाको निधन भएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी प्रचार अभियानका क्रममा अछामको मंगलसेन पुगेका उनी शुक्रवार बिहान अचानक बेहोस भएका थिए ।

उनलाई तत्काल अछाम जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि अवस्था गम्भीर देखिएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत हुँदै काठमाडौँ ल्याइएको थियो ।

काठमाडौँमा टोखास्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको आईसीयुमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर उनको उपचारका क्रममा आइतवार मध्यान्ह सवा १२ बजे निधन भएको अस्पतालले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।  सिटौला नुवाकोट घर भई काठमाडौँमा बस्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस !