सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु
प्रकाशित मिति : 11 February, 2026 8:43 am
दाङ । सल्यान सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । राप्ती लोकमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका–स्थित तुलसीपुर–कपुरकोट सडकखण्डको चोरखोला नजिक ग १ ज ५६६१ नम्बरको डबल क्याब बोलेरो जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा जीप चालकको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरी ले जनाएको छ । दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन ।
मृतकको पहिचान तथा दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








