११ फाल्गुन २०८२, सोमबार

दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते

प्रकाशित मिति :  23 February, 2026 3:09 pm


काठमाडाैँ । बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

लमहीदेखि घोराहीतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको बस आज दुर्घटना हुँदा चार पुरुष र तीन महिला घाइते भएका हुन् ।

दाङ घोराही उपमहानगरपालिका–३ चिसापानी मसोट नजिक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !